चिकित्सा शिक्षा र राष्ट्रिय सभा सम्वन्धी विधेयकमा सहमति हुन सकेन 

खरीबोट
ad

काठमाडौं । चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा सम्वन्धी विधेयकमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ । 

यससँगै अहिलेको संसदबाट यी दुबै विधेयक ल्याउने प्रयास असफल भएको छ ।

दलहरुबीच सहमति जुटाउने प्रयासमा सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । सभामुखको कार्यकक्षमा बसेको बैठकमा दलहरुले यसअघिकै अडान राखेपछि सहमति हुन् सकेन ।

सभामुख ओनसरी घर्तिको पहलमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक आह्वान गरेकी थिइन् ।

हाल अनसरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले संशोधन ल्याए पनि एमाले र माओवादीले समितिबाट सर्वसम्मत रुपमा आएको विधेयकमा मन्त्रीले संशोधन गर्न नमिल्ने बताउदै विरोध गरेका छन् ।

विधेयक रोकिने देखेपछि डा. केसीले विशेष अधिकार प्रयोग गरेर भए पनि चिकित्सा शिक्षा विधेयक अघि बढाउन विहिबार सभामुखको ध्यानाकर्षण गराएका थिए ।
 

सम्बन्धित समाचार

सांसदको गुनासो : संघीय संसदको चिया खाने ठाउ बरेलीको मुसाफिर खाना जस्तो !

काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदले संसद भवनको ट्वाइलेट र क्यान्टिन गुनासो गरेका छन् । बैठकको शुन्य समयमा बोल्दै सांसद मोहन बानियाँले दुर्गमका कुरा गर्दा कसैले नसुनेको भन्दै संसद भवनको

काँग्रेस सांसदको सरकारलाई प्रश्न - के अब संबिधान संशोधन गरेर दुई प्रधानमन्त्री बनाउने हो ?

काठमाडौँ।  प्रतिनिधि सभाको आजको बैठकमा सरकारलाई संबिधान संशोधन गरेर दुई प्रधानमन्त्री राख्नु हुन्छ भन्ने प्रश्न गरेका छन्।  बैठकको शुन्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद भरत शाहले नेपाल वायु सेवा निगममा पहिलेका

बिम्स्टेक देशको सैन्य तालिमले नेपाललाई ठुलो असर गर्छ - नेकपा नेता भिम रावल 

काठमाडौँ। नेकपाका नेता भिम रावलले भारतमा हुने सैनिक अभ्यासका बारेमा प्रतिनिधि सभाको आजको बैठकमा छन्।  बिम्स्टेक सम्मेलनको भाषणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा बिम्स्टेक देशका सदस्यहरुको सैन्य तालिम हुने भन्दै

प्रधानमन्त्री ओलीलाई सांसदहरुको प्रश्न - सैनिक शासन ल्याउन सैन्य तालिम गर्न लागेको हो ? 

काठमाडौँ। प्रतिनिधि सभामा सांसदहरुले भारतमा हुने बिम्स्टेक देशहरुको सेनाको तालिम बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई छन्। सांसद दिव्यराज भण्डारीले सार्कमा नभएको सेनाको तालिम हुनुपर्यो भन्दै प्रश्न गरेका थिए। त्यस्तै काँग्रेसका