सिन्धुपाल्चोकमा झाडापखलाको महामारी

खरीबोट

मेलम्ची । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

विरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अस्पतालको एउटै शय्यामा तीनजनासम्म विरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिनुभयो । विरामी हुनेमा विन्जेलको मुलाबारीका भुजेलहरु रहेका छन् ।

शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलको छोरीको विवाह थियो । त्यही बिहेको भोज खाएपछि यो महामारी देखा परेको हो । विषाक्त खाना भएका कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । दूषित पानीका कारण महामारी फैलिएको हुनेसक्ने स्थानीय मेडिकलका सञ्चालक रेशम कार्कीले बताए ।

झाडापखलाका कारण विरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । केहीको स्थिति गम्भीर छ । गाउँबाट विरामीलाई अस्पताल लैजाने क्रम जारी रहेको स्थानीय विनोद नेपालले जानकारी दिए ।

गम्भीर विरामीलाई थप उपचारका लागि धुलिखेल र काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको गाउँपालिका अध्यक्ष क्षेत्रीले बताए ।

सम्बन्धित समाचार

न्यून बजेटले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका १४० खानेपानी आयोजना रोकिए

काभ्रेपलाञ्चोक ।  आर्थिक वर्ष २०७५÷०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् । न्यून बजेटले क्रमागत आयोजनाअन्तर्गत २०७३ सालमा शुरु

बाढीले बगाउँदा दुई बेपत्ता, दुई घाइते

सिन्धुपाल्चोक । गएरातिको बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत चाकु ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् । अविरल वर्षापछि चाकु खोलामा आएको

सिन्धुपाल्चोकमा फैलिएको झाडापखाला विशाक्त खानाका कारण

मेलम्ची । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका विन्जेलमा फैलिएको झाडापखाला विशाक्त खानाका कारणबाट भएको जिल्ला स्वास्थ्य प्रमुख पोमावती थापाले बताएकी छन् ।  झाडापखाला फैलिएको ठाउँमा पुगेको स्वास्थ्यकर्मीको टोलीले विशाक्त खानाका कारण झाडापखाला भएको

सिन्धुपाल्चोकमा झाडापखालाबाट सय जना बिरामी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बिञ्जेलमा झाडापखालाबाट १०० भन्दाबढी बिरामी भएका छन् । बिरामीको उपचारका लागि गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।  शिविरमा ७८ बिरामीको उपचार भइरहेको स्वास्थ्य शिक्षा अधिकारी


z