प्रदेश ३ का ६० प्रतिशत अपाङ्ग बालबालिका शिक्षाबाट वञ्चित

खरीबोट

मकवानपुर । प्रदेश नं ३ मा अपाङ्गता भएका ६० प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित छन् । राष्ट्रिय अपाङ्ग महासङ्घका अनुसार प्रदेश नं ३ मा ९८ हजार अपाङ्गता भएका ब्यक्ति रहेकामा ४० प्रतिशत मात्र विद्यालय जाने गरेको महासङ्घको तथ्याङ्कमा उल्लेख छ । साथै अपाङ्गता भएकामध्ये ४८ प्रतिशतले मात्र परिचयपत्र पाएका  छन् ।

विद्यालय जानबाट वञ्चित हुनाको मुख्य कारण पारिवारिक आर्थिक एवं सामाजिक समस्या रहेको बताइएको छ । सरकारी स्तरबाट उपलब्ध हुने सेवाहरु नारामा मात्र सिमित रहेको र विभिन्न किसिमका भेदभावका कारण अपाङ्ग बालबालिका शिक्षाबाट वञ्चित भएका हुन् ।

राष्ट्रिय अपाङग महासङ्घद्वारा प्रदेशस्तरीय विभिन्न मन्त्रालय सरकारी तथा गैरसरकारी सङ्घ संस्था एवं सरोकारवालाहरुसँग आज गरिएको समन्वय बैठकमा सो जानकारी दिइएको हो ।

राज्यले कुनै पनि नीति तथा कार्यविधिमा अपाङ्ता भएका व्यक्ति एवं  संस्थालाई नसमेटेको र औपचारिकतामा मात्र सीमित राखेको सरोकारवालाहरुले गुनासो  गरेका छन् । अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र शिक्षा रोजगारी र सीपमूलक तालीम दिनुपर्नेलगायत विषयमा पनि यहाँ आयोजित एक छलफलमा जोड दिइएको थियो ।

महिला तथा बालबालिका मन्त्रालयका सहसचिव वीरबहादुर राईले अपाङ्गता भएका व्यक्तिलाई राज्यले भेदभाव नगरेको स्पष्ट गर्नुभयो । अपाङ्ग महासङ्घ प्रदेश नं ३ का अध्यक्ष अस्मिन लम्सालले राजनीतिक रुपमा प्रतिबद्धता नभएसम्म अपाङ्गको हकहितको सुरक्षा नहुने बताए ।

त्यसैगरी अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले घर नै अपाङ्ग मैत्री हुनुपर्ने बताइन् । उनले राज्य तथा स्थानीय निकायले निर्माण गर्ने विकासका पूर्वाधारदेखी लिएर विद्यालयसम्म अपाङ्गमैत्री बनाउनुपर्नेमा जोड दिइन् । उनले अपाङ्ग बालबालिका जस्तै अपाङ्ग बालबालिकाका लागि पनि खेल्ने र घुम्ने स्थान महत्वपूर्ण हुने भएकाले बाल उद्यानहरु पनि अपाङ्ता भएका बालबालिकाले समेत खेल्न पाउने हुनुपर्नेमा जोड दिइन् ।

सम्बन्धित समाचार

प्रदेश ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र

चितवन । फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ ।

बर्डफ्लुबाट नोक्सानी बेहोरेका कृषकलाई प्रदेश सरकारले क्षतिपूर्ति दिने

हेटौँडा । जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आज बसेको सर्वपक्षीय बैठकले मकवानपुरका बर्डफ्लु रोगबाट पीडित भएका कृषकलाई राहतस्वरुप अनुदान रकम वितरण गर्ने निर्णय गरेको छ । पशुसेवा विभाग काठमाडौँबाट कृषकलाई यही असार

प्रदेश ३ को स्थायी राजधानी र नामको टुङ्गो चाँडै लाग्ने 

हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको अनुमान शीर्षकमा छलफल जारी रह्यो । छलफलमा नेकपा संसदीय दलका मुख्य सचेतक

प्रदेश ३ मा ४७ अर्ब ८० करोडको बजेट प्रस्तुत

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि कूल रु ४७ अर्ब ६० करोड ८०


z