• २०८१ बैशाख ८ शनिबार

कोरियन भाषा परीक्षामा सम्पन्न, ८४ हजारभन्दा बढी सहभागी

kharibot

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि लिइने कोरियन भाषा परीक्षा आइतबार सम्पन्न भएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार सन् २०२० का लागि ९२ हजार ३ सय ५६ जना परीक्षार्थीले आवेदन भरेका थिए । जसमध्ये ८४ हजार २ सय १५ जना कोरियन भाषा परीक्षार्थी सहभागी भएका ईपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताए ।

भण्डारीका अनुसार ८ हजार १ सय ४१ जना अनुपस्थिति भए ।  यस्तै अर्काको नाममा परिक्षा दिने आएको समेत फेला परेको उनले बताए । परिक्षामा सहभागी भएकाहरु मध्ये १ सय ५६ जना अरुको परिक्षा दिन आएको फेलापरे पछि पक्राउ परेका छन्, उनले भने ।

सन् २०२० का लागि भाषा परीक्षा दिएका परिक्षर्थीहरुको नतिजा असार १३ गते हुने ईपीएस शाखाले जनाएको छ । सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम गत ८ चैतबाट खुला गरिएको  थियो ।

शनिबार र आइतबार काठमाडौं र पोखरामा गरि ३२ वटा केन्द्रमा भाषा परिक्षा सञ्चालन भएको थियो । परीक्षाको अनुगमनका लागि कोरियाको मानव संशोधन मन्त्रालयबाट ९७ जना टोली नेपाल आएका भण्डारीले बताए । जसमा पोखरामा २५ र अन्य उपत्यकामा खाटिएका ईपीएस शाखाले जनाएको छ ।  

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजान लगेको हो ।

गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए । गत वर्ष भाषा परिक्षा उत्तीर्ण परीक्षार्थी हाल कोरिया गइरहेका छन् । सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम गत ८ चैतबाट खुला भएको थियो ।

कोरिया सरकारले सन् २००८ देखि कोरियन भाषा परीक्षामार्फत नेपालबाट कामदार लिन सुरु गरेको थियो । आर्कषक तलबका कारण र सुरक्षित मुलुक भएको हुदाँ नेपाली कामदारका लागि कोरिया रोजगारी आर्कषण बन्दै आएको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै