सिन्धुपाल्चोकमा झाडापखालाबाट सय जना बिरामी

खरीबोट

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बिञ्जेलमा झाडापखालाबाट १०० भन्दाबढी बिरामी भएका छन् । बिरामीको उपचारका लागि गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

शिविरमा ७८ बिरामीको उपचार भइरहेको स्वास्थ्य शिक्षा अधिकारी सुनिल ढकालले जानकारी दिए । एक जनामा टाइफाइडको लक्षण देखिएको उनले बताए । दूषित पानीका कारण झाडापखाला देखिएको उपचारमा संलग्न डा प्रतिक ज्ञवालीले जानकारी दिनुए ।

बिरामी टाउको दुख्ने, पेट दुख्ने र बान्ता आएर बेहोस हुने गरेका छन् । तीस जनाको स्थानीय मेडिकल तथा अन्यको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ । 

“तीन जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ”, डा ज्ञवालीले भने । गत बिहीबार छिमेकीको घरमा बिहेको भोज खाएर घर फर्केका उनीहरु शुक्रबारदेखि बिरामी परेका हुन् ।

गाउँमा झाडापखालाका बिरामी बढेपछि चौतारास्थित जिल्ला जनस्वास्थ्य कार्यालयबाट आज औषधिसहित डा ज्ञवाली र डा तपस्या भुसालसहितको चिकित्सक टोली प्रभावित क्षेत्रमा गएको हो । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र जलबिरेबाट पनि चिकित्सकसहितको टोली गएको छ ।  
 

सम्बन्धित समाचार

पाल्पामा सिङ्गो बस्तीमा झाडापखाला

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित अर्चलेको सिङ्गो बस्तीमा झाडापखालको प्रकोप फैलिएको छ । साविक सिद्देश्वर गाविसको वडा नम्वर २ र ३ अर्चलेका एउटै खानेपानीको मुहान प्रयोग गर्ने सबै

सिन्धुपाल्चोकमा फैलिएको झाडापखाला विशाक्त खानाका कारण

मेलम्ची । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका विन्जेलमा फैलिएको झाडापखाला विशाक्त खानाका कारणबाट भएको जिल्ला स्वास्थ्य प्रमुख पोमावती थापाले बताएकी छन् ।  झाडापखाला फैलिएको ठाउँमा पुगेको स्वास्थ्यकर्मीको टोलीले विशाक्त खानाका कारण झाडापखाला भएको

सिन्धुपाल्चोकमा झाडापखालाबाट सय जना बिरामी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बिञ्जेलमा झाडापखालाबाट १०० भन्दाबढी बिरामी भएका छन् । बिरामीको उपचारका लागि गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।  शिविरमा ७८ बिरामीको उपचार भइरहेको स्वास्थ्य शिक्षा अधिकारी

कञ्चनपुरमा झाडापखालाका बिरामी बढे

कञ्चनपुर । गर्मी बढेसँगै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । झाडापखाला, बान्ता आउने, टाउँको दुख्ने, रुघा, खोकी, ज्वरोका साथै अस्वस्थ्य खानपानले पनि बिरामी बढेको अस्पतालले


z