• २०८१ बैशाख ८ शनिबार

सिन्धुपाल्चोकमा झाडापखालाबाट सय जना बिरामी

kharibot

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बिञ्जेलमा झाडापखालाबाट १०० भन्दाबढी बिरामी भएका छन् । बिरामीको उपचारका लागि गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

शिविरमा ७८ बिरामीको उपचार भइरहेको स्वास्थ्य शिक्षा अधिकारी सुनिल ढकालले जानकारी दिए । एक जनामा टाइफाइडको लक्षण देखिएको उनले बताए । दूषित पानीका कारण झाडापखाला देखिएको उपचारमा संलग्न डा प्रतिक ज्ञवालीले जानकारी दिनुए ।

बिरामी टाउको दुख्ने, पेट दुख्ने र बान्ता आएर बेहोस हुने गरेका छन् । तीस जनाको स्थानीय मेडिकल तथा अन्यको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ । 

“तीन जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ”, डा ज्ञवालीले भने । गत बिहीबार छिमेकीको घरमा बिहेको भोज खाएर घर फर्केका उनीहरु शुक्रबारदेखि बिरामी परेका हुन् ।

गाउँमा झाडापखालाका बिरामी बढेपछि चौतारास्थित जिल्ला जनस्वास्थ्य कार्यालयबाट आज औषधिसहित डा ज्ञवाली र डा तपस्या भुसालसहितको चिकित्सक टोली प्रभावित क्षेत्रमा गएको हो । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र जलबिरेबाट पनि चिकित्सकसहितको टोली गएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै