• २०८१ बैशाख ७ शुक्रबार

सरकारद्वारा शरदकुमार गौचन शहीद घोषणा 

kharibot

काठमाडौं । सरकारले नेपाल निर्माण व्यवसायी महासंघका दिवंगत अध्यक्ष शरदकुमार गौचनलाई शहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौचनलाई शहिद घोषणा गरेको हो ।

अज्ञात समूहले गत २३ असोजमा काठमाडौँको बानेस्वरस्थित खरीबोट नजिक गोली हानेर गौचनको हत्या गरेको थियो । 

सरकारले शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएपछि परिवारका सदस्यहरुले शव बुझेका थिए । गौचनको बिहीबार अन्त्येष्टि गरिएको छ ।

देशभरका निर्माण व्यवसायीहरु दोषी पत्ता नलागेसम्म आन्दोलन गरिरहेका छन् । हालसम्म पनि गौचनको हत्यामा संलग्नलाई पहिचान हुन् सकेको छैन ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै