• २०८१ बैशाख ७ शुक्रबार

भारत-अस्ट्रेलियाबीचको खेलमा बने र तोडिए केयौ रेकर्ड ! 

kharibot

काठमाडौँ । जारी विश्वकप क्रिकेटमा गएराती भारतले अस्ट्रेलियालाई पराजित गरेको छ । अत्यन्तै रोमान्चक खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले पराजित गर्दै विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै अस्ट्रेलियाले तीन खेलमा पहिलो हार बेहोरेको छ ।

यस खेलमा कैयौ रेकर्ड बनेका छन् भने केयौ पुराना रेकर्ड तोडिएका छन् । यस रिपोर्टमा हामीले यिनै रेकर्डका बारेमा चर्चा गर्ने प्रयास गरेका छौं ।

यस खेलमा जित हासिल गरेसँगै अस्ट्रेलियाविरुद्ध आफ्नो ५०औँ एकदिवसीय जित हासिल गरेको छ । अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले २५ खेलमा अर्धशतक बनाउदै यस विश्वकपको सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बनेका छन् ।

त्यस्तै भारतीय खेलाडी शिखर धवनले इङल्याण्डमा आफ्नो चौथो शतक बनाउदै इङल्याण्डमा धेरै शतक बनाउने रेकर्ड बनाएका छन् ।

अस्ट्रेलियाका तिब्र गतिका बलर मिचेल स्ट्राकले १० ओभरमा ७४ रन दिदै विश्वकपको इतिहासमा अस्ट्रेलियाबाट अहिलेसम्म धेरै रन दिने बलर बनेका छन् ।

शिखर धवनको शतकसहित भारतले विश्कपमा अहिलेसम्म कुल २७ शतक बनाउदै विश्वकपमा धेरै शतक बनाएको छ । विश्वकपमा अस्ट्रेलियाले अहिलेसम्म २६ शतक बनाएको छ ।

यस खेलमा ५७ रन बनाएर आउट भएका रोहित शर्मा अस्ट्रेलियाविरुद्ध २ हजार रन बनाउने दोस्रो भारतीय खेलाडी बनेका छन् । अस्ट्रेलियाविरुद्ध धेरै रन बनाउने रेकर्ड भने सचिनको नाममा रहेको छ । विश्वमा अस्ट्रेलियाविरुद्ध धेरै रन बनाउने रोहित चौथो खेलाडी बनेका छन् ।

यस खेलमा ८२ रनको पारी खेलेका भारतीय कप्तान विराट कोहलीले आफ्नो क्यारियरमा ५०औ अर्धशतक पुरा गरेका छन् । २२९ एकदिवसीय खेलमा विराटले ५० अर्धशतक बनाएका हुन् ।

त्यस्तै विराट कोहलीले एकदिवसीय क्रिकेटमा राहुल द्रविडको १०८८९ रनलाई उछिन्दै १०९४३ रन बनाएका छन् । त्यस्तै अस्ट्रेलियाका स्टिभ स्मिथले ६९ रनको पारी खेल्दै विश्वकपका पछिल्ला ८ पारीमा सातौ अर्धशतक बनाएका छन् ।

त्यस्तै भारतीय ओपनर शिखर धवन र रोहित शर्माले १२७ रनको साझेदारी गर्दै विश्वकपमा अस्ट्रेलियाविरुद्ध शतकीय साझेदारी गर्ने पहिलो ओपनर जोडी बनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै