पाँचखालमा लिच्छवीकालीन संरचनाका भग्नावशेष भेटियो 

खरीबोट

तस्बीर : रासस

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–७ स्थित श्रीरामपाटीमा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री भेटिएको छ । पुरातत्व विभागको एक टोलीले करीब दुई साता उक्त स्थानको सम्पदा अध्ययन एवं उत्खननका क्रममा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री फेला पारेको हो । 

टोलीले यही जेठ १५ गतेदेखि श्रीरामपाटीमा स्थानीयद्वारा ऐतिहासिक दरबार क्षेत्र रहेको भनिएको स्थानबाट उत्खनन कार्य शुरु गरेको थियो । विभागका पुरातत्व अधिकृत विष्णुप्रसाद पाठकले आइतबार टोलीले आफ्नो उत्खनन कार्य सकेको बताए । उनले भने, “उत्खननमा भेटिएका सामग्री परीक्षणका लागि विभाग लान्छौँ, उत्खनन गरिएको स्थान सुरक्षित गरी पुरानै अवस्थामा ल्याएका छौँ ।” 

पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इञ्चको ढुङ्गाको गारो कोठा तथा बाहिरी भागमा पर्खाल रहेको संरचना भेटिएको वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यले बताए । उनका अनुसार करीब दुई साताको अवधिमा गरिएको उत्खनन-परीक्षणका क्रममा माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्गाको खल, शिवलिङ्ग, ढुङ्गेधारा, रानीपोखरी भनिएको स्थानमा जमीनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको छ । आचार्यले भने, “भेटिएको संरचना र सामग्री लिच्छवीकालीन हुन् ।” 

पाठकको नेतृत्वको टोलीमा वरिष्ठ पुरातत्व विज्ञ आचार्य तथा इञ्जिनीयरलगायत छ जनाको टोलीले उक्त क्षेत्रको उत्खनन गरेको हो । स्थानीय बूढापाकाले पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको जस्ता विषय भन्दै आएका थिए । हाल स्थानीय प्रकाश ढकालको खेतका गरामा खण्डखण्डमा कोठा रहेको घरको गारो तथा पर्खाल भेटिएको हो । 

स्थानीयले खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला पारेपछि पुरातत्व विभागसँग सम्पदा संरक्षणको माग गर्दै आएका थिए । पुरातत्व विज्ञ आचार्यसहितको टोलीद्वारा गत साल चैतमा गरिएको प्रारम्भिक अध्ययनका क्रममा भेटिएको सिक्काका एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ । विज्ञ आचार्यका अनुसार भोगिनी पाली भाषा हो । 

आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा भेटिएका सबै सामग्री पनि लिच्छवीकालीन हुन् । उनका अनुसार भेटिएका प्रमाण लिच्छवीकालीन पाँचौँ, छैटौँ, सातौँ र आठौँ शताब्दीका हुन् । रानीपोखरी रहेको भाग पुरिएपछि स्थानीयले सोही स्थानमा खेतीपाती गर्दै आएका छन् भने त्यस क्षेत्रमा एक इँटा उद्योग सञ्चालित छ । स्थानीय नवराज ढकालले पनि हालैमात्र आफ्नो खेत खनजोत गर्दा माटोको घैँटोमा केही सिक्का भेटिएको बताए ।
 

सम्बन्धित समाचार

तीज भड्किलो नबनाउन काभ्रे प्रशासनको अपिल

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन अपिल गरेको छ । कार्यालयले सूचना जारी गर्दै आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर

काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१४ साझा पेट्रोल पम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स्कर्पियो गाडीसँग आज बिहान ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको

न्यून बजेटले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका १४० खानेपानी आयोजना रोकिए

काभ्रेपलाञ्चोक ।  आर्थिक वर्ष २०७५÷०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् । न्यून बजेटले क्रमागत आयोजनाअन्तर्गत २०७३ सालमा शुरु

निर्माणको दुई महीनामै भासियो काभ्रेपलाञ्चोकको रोशी पुल

काभ्रेपलाञ्चोक । निर्माण भएको दुई महीनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन


z