सुषमाको एकल चित्रकला प्रदर्शनी मस्कोमा 

खरीबोट

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ एवं कलाकार सुषमा राजभण्डारीको १६औं एकल चित्रकलाको प्रदर्शनी रुसको राजधानी मस्कोमा नेपाल फेस्ट सांस्कृतिक मेलामा सुरु भएको छ । प्रदर्शनीको रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरेले उद्घाटन गरेका छन् । 

उक्त प्रदर्शनीमा एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतम, एनआरएनका महासचिब डा.बद्रि केसी, पूर्व अध्यक्ष दिनानाथ राजभण्डारी, वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ गन्यमान्य व्यक्तिहरु, विदेशीहरु लगायत नेपालबाट आएका विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा महामहिम राजदुत ऋषिराम घिमिरेले नेपालबाट आएकी कलाकार सुषमा राजभण्डारीको एकल चित्रकला प्रदर्शनीको उद्घाटन गर्न पाउदा धेरै खुशी लागेको र यस्ता कार्यक्रमले दुई देश विचको दौत्य सम्वन्धलाई अझ गहिरो हुने कुरा बताए ।

कलाकार सुषमा राजभण्डारीले नेपाली कलाकारहरु जुन सुकै देशमा गएर पनि आफ्नो देशको पहिचान राख्न सक्षम भएको र आपसी सवन्धलाई अझ मजबुत गर्न सकिने र साथै विदेशी कलाकारहरुको चित्रकला पनि अवलोकन गरेर नयाँ नयाँ कुराहरु सिक्न पाउने बताईन ।  

सम्बन्धित समाचार

वरिष्ठ कलाकार अधिकारीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि

काठमाडौँ । वरिष्ठ कलाकार शुभद्रा अधिकारीको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । दम र निमोनिया रोगले पीडित अधिकारीको आज बिहान निधन भएको थियो । नृत्य, रङ्गमञ्च हुँदै चलचित्र कलाकारका रुपमा

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

काठमाडौँ ।  वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार निधन भएको हो । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट

प्रशिक्षकलाई थापाको निर्देशन, 'पार्टी बारेको भ्रम र एजेन्डा बारेको अफबाह चिरौ'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यकर्ताहरुको मनोबल उच्च राख्न देशभर सघन रूपमा  प्रशिक्षण संचालन गर्न केन्द्रिय प्रशिक्षकहरुलाई निर्देशन दिएका छन् । केन्द्रिय प्रशिक्षक र पदाधिकारीहरुको संयुक्त बैठकलाई आज

अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गर्दै गलकोट कला प्रतिष्ठान

बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ४ देखि २६ गतेसम्म अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला सञ्चालन हुने भएको छ ।  अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने लक्ष्यसहित कार्यशाला


z