• २०८१ बैशाख ४ मंगलबार

सुषमाको एकल चित्रकला प्रदर्शनी मस्कोमा 

kharibot

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ एवं कलाकार सुषमा राजभण्डारीको १६औं एकल चित्रकलाको प्रदर्शनी रुसको राजधानी मस्कोमा नेपाल फेस्ट सांस्कृतिक मेलामा सुरु भएको छ । प्रदर्शनीको रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरेले उद्घाटन गरेका छन् । 

उक्त प्रदर्शनीमा एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतम, एनआरएनका महासचिब डा.बद्रि केसी, पूर्व अध्यक्ष दिनानाथ राजभण्डारी, वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ गन्यमान्य व्यक्तिहरु, विदेशीहरु लगायत नेपालबाट आएका विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा महामहिम राजदुत ऋषिराम घिमिरेले नेपालबाट आएकी कलाकार सुषमा राजभण्डारीको एकल चित्रकला प्रदर्शनीको उद्घाटन गर्न पाउदा धेरै खुशी लागेको र यस्ता कार्यक्रमले दुई देश विचको दौत्य सम्वन्धलाई अझ गहिरो हुने कुरा बताए ।

कलाकार सुषमा राजभण्डारीले नेपाली कलाकारहरु जुन सुकै देशमा गएर पनि आफ्नो देशको पहिचान राख्न सक्षम भएको र आपसी सवन्धलाई अझ मजबुत गर्न सकिने र साथै विदेशी कलाकारहरुको चित्रकला पनि अवलोकन गरेर नयाँ नयाँ कुराहरु सिक्न पाउने बताईन ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै