• २०८१ बैशाख ७ शुक्रबार

एक हप्ता अस्पताल बसाइपछि मुख्यमन्त्री पौडेल डिस्चार्ज

kharibot

फाइल तस्वीर

हेटौँडा । मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना भएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन् । यही जेठ १९ गते अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन् ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लाष्टि गरिएको थियो । मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुगेका मुख्यमन्त्री पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरेको थियो । उनी अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि सार्वजनिक कार्यक्रम स्थगित गरिएको थियो ।

मुख्यमन्त्री अस्वस्थ भएपछि जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्समेत स्थगित भएको थियो । जेठ २९ र ३० गते हुने परिषद्को बैठकमा सहभागी हुन मुख्यमन्त्री पौडेल मङ्गलबार हेटौँडा आउने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

उनका अनुसार परिषद् बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै