• २०८१ बैशाख १३ बिहीबार

गूगल किन हुवावेसँग व्यापारको पक्षमा छ ? 

kharibot

अमेरिका । सर्च इन्जिन गूगलले अमेरिकी सरकारसँग हुवावेमाथि लागेको प्रतिबन्ध हटाउन माग गरेको छ । चिनियाँ प्रविधि कम्पनी हुवावेमाथि लागेको प्रतिबन्धले आफ्नो व्यापारमा घाटा हुने तथा राष्ट्रिय सुरक्षाको दृष्टिले पनि यो असुरक्षित हुने गूगलको भनाइ छ ।

हुवावेमाथि लागेको प्रतिबन्धले गूगलमाथि नयाँ प्रतिद्वन्द्वीको सृजना गर्ने र आफ्नो अपरेटिङ सिस्टममाथिएको एकाधिकारमा असर पुग्ने गूगलले बताएको छ । 

हाल हुवावे अपरेटिङ सिस्टमका लागि गूगलमा निर्भर छ । यो निर्भरता अमेरिकाको लागि पनि राम्रो भएको गूगलले तर्क दिएको छ । यद्यपि, चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले हाल विश्वभर आफ्नो स्मार्टफोन विक्री वितरण गरिरहेको छ । 

चीनभन्दा बाहिरी बजारका लागि उसले गूगलसँग अनुमति लिएर अपरेटिङ सिस्टम बनाउँछ । गूगलले परीक्षण गरिसकेपछि मात्र अपरेटिङ सिस्टमलाई एक विश्व बजार र अर्को चिनियाँ बजार गरी दुई भागमा बाँडिन्छ । 

गूगलका अनुसार कम्पनीको एन्ड्रोइड इकोसिस्टममाथि को नियन्त्रणले डिभाइस सुरक्षित रहन्छ । तर, हाल व्यापार सम्बन्ध टुट्ने सम्बन्धमा छ जसले सुरक्षाको खतरा झन् बढाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मेमा हुवावेमाथि प्रतिबन्ध लगाएका थिए । त्यसपछि गूगलले हुवावेको एन्ड्रोइड लाइसेन्स रद्द गरेको थियो । 

    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै