युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

खरीबोट

काठमाडौँ । भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । सिंहले आफु सबै फर्म्याटका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

युवराजले क्रिकेट बोर्डले अनुमति दिएमा विदेशका टी-२० लिग भने खेल्ने बताएका छन् ।       

सन् २००० हजारमा भारतीय राष्ट्रिय टिममा एकदिवसीय खेलमा डेभ्यु गरेका युवराजले आफ्नो १७ बर्षको अन्तर्राष्ट्रिय क्रिकेट क्यारियरलाई आज अल बिदा गरेका छन् ।

सन् २०१७ देखि राष्ट्रिय टिममा नपरेका युवराजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गर्दै आफुले आफ्नो पिताको सपना पुरा गर्दै भारतको लागि खेलेर विश्वकप जितेको स्मरण गरेका छन् ।

२०११ को विश्वकप जित्दा महत्वपूर्ण भूमिका खेलेका युवराजले क्यान्सर रोगको सामना गर्दै क्यान्सरको  सफल उपचारपछि अहिले फ्रेन्चाईजी क्रिकेट आइपिएलमा मुम्बई इण्डियनबाट खेलिरहेका छन् ।

युवराजले अब आफुले युवीक्यान फाउन्डेसनबाट क्यान्सर पिडितको उपचारमा लाग्ने बताएका छन् । युवराजले ४ सय भन्दा बढी अन्तर्राष्ट्रिय खेलमा भारतको प्रतिनिधित्व गर्दै खेल्न पाउदा आफुलाई गर्व लागेको बताए ।

युवराजले सन् २००७ को टी-२० विश्वकपमा इङल्याण्डविरुद्ध एकै ओभरमा ६ छक्का हानेर तहल्का मच्चाएका थिए ।

युवराजले भारतका लागि ४० टेस्ट, ३०४ एकदिवसीय र ५८ टी-२० खेल खेलेका छन् । युवराजले टेस्ट क्रिकेटमा ३ शतक र ११ अर्धशतकसहित १९ सय रन बनाएका छन् । त्यस्तै एकदिवसीय क्रिकेटमा ३०४ खेल खेल्दै ८ हजार ७ सय एक रन बनाएका  छन् । एकदिवसीय खेलमा १४ शतक र ५२ अर्धशतक बनाएका छन् । 

त्यस्तै टी-२० क्रिकेटमा युवराजले ५८ खेल खेल्दै ८ अर्धशतकसहित ११ सय ७७ रन बनाएका छन् ।

त्यस्तै युवराजले ४० टेस्ट क्रिकेटमा ९ विकेट लिएका छन् । त्यस्तै ३०४ खेलमा १ सय ११ विकेट लिएका छन् भने त्यस्तै ५८ टी-२० क्रिकेटमा २८ विकेट लिएका छन् ।

सम्बन्धित समाचार

क्रिकेट संघ बारे नयाँ सहमति : निर्वाचन असोज १० र ११ गते काठमाडौंमा हुने

काठमाडौँ । नेपाल क्रिकेट संघको निर्वाचनको नयाँ मिती तोकिएको छ । यसअघि असोज ३ र ४ गते हुने भनिएको क्यानको निर्वाचन असोज १० र ११ गते काठमाडौंमा हुने भएको छ

अन्तर्राष्ट्रिय क्रिकेटमा बन्यो नयाँ किर्तिमान : सात बलमा सात छक्का

काठमाडौं । बंगलादेशमा जारी त्रिकोणीय टी-२० सिरिज अन्तर्गत गएराती खेलिएको अफगानिस्तान र जिम्बाबेबीचको खेलमा लगातार ७ छक्का प्रहार गर्दै अफगानिस्तानका दुई ब्याट्सम्यानले नयाँ किर्तिमान बनाएका छन् । यस अघि पटक पटक

कप्तान राठले छोडे हङकङ क्रिकेट, भारतबाट खेल्ने योजना

काठमाडौँ । हङकङ राष्ट्रिय टिमका कप्तान अंशुमन राठले हङकङबाट नखेल्ने घोषणा गरेका छन् । २१ बर्षिय क्रिकेटर राठले भारतबाट क्रिकेट खेल्ने बताउदै हङकङ क्रिकेट छोडेको घोषणा गरेका हुन् । राठले सो

अफगानिस्तानका अलराउन्डर नावीले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौ । अफगानिस्तानका अलराउन्डर मोहमद नावीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । अहिले बंगलादेशविरुद्ध तेस्रो टेस्ट खेलिरहेका नावीले टेस्ट क्रिकेटलाई अल बिदा गरेका हुन् । अहिले जारी बंगलादेशविरुद्धको टेस्ट


z