• २०८१ बैशाख ७ शुक्रबार

८.७८ अंक घट्यो नेप्से, कमाउनेभन्दा गुमाउने धेरै

kharibot

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार पनि नेप्से घटेको छ । नेप्से आज आठ दशमलव ७८ अंक घटेर १२ सय ७५ दशमलव ८२ विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४३ अंकले घटेर दुुई सय ७२ दशमलव ४६ विन्दुुमा झरेको छ ।

एक सय ७३ वटा कम्पनीहरुको आठ हजार तीन सय ३४ वटा कारोबारमा २० लाख ७२ हजार तीन सय चार कित्ता सेयर खरिदविक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम ६१ करोड तीन लाख ४७ हजार तीन सय ३४ रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा तीनवटा समूहले कमाएका छन् भने आठवटा समूहले गुमाएका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ६१ अंक घटेर ११ सय ३७ दशमलव ७२ विन्दुुमा झर्दा जलविद्युुत् समूहको सूचक १६ दसलव २९ अंकले घटेर १२ सय पाँच दशमलव ६१ विन्दुुमा झरेको छ ।

यीबाहेक निर्जीवन बीमा, जीवन बीमा, होटल, फाइनान्स, अन्य र लघुवित्त समूहको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने चार दशमलव ४७ अंकले बढेर १६ तीन दशमलव ३१ विन्दुुमा चढेको छ । यसैगरी उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् ।  

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको प्रतिकित्ता सेयर मूल्य सात रुपैयाँ ६१ पैसाले बढेर ९९ रुपैयाँमा कारोबार भएको छ भने गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटलको प्रतिकित्ता सेयर मूल्य सात रुपैयाँ ३३ पैसाले घटेर तीन सय तीन रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको एनआईसी एशिया बैंकको प्रतिकित्ता चार सय ५१ रुपैयाँ अन्तिम मूल्यमा चार करोड १८ लाख ५९ हजार ७८ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै