• २०८१ बैशाख ८ शनिबार

भारतद्वारा नेपाललाई पुनर्निर्माणको एक अर्ब ६० करोड हस्तान्तरण

kharibot

काठमाडौं । भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त रकम नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने छ । यसअघि सन् २०१८ मा भारत सरकारले पुनर्निर्माणको लागि २ अर्ब १० करोड र ८० करोड सहयोग गरेको थियो ।

२०७२ वैशाख १२ को भूकम्पपछि भएको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य भौतिक संरचनाको पुनर्निर्माण गर्न एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै