मुम्बई । भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । विश्वकप खेल्ने आशमा रहेका युवराजले विश्वकप खेल्ने भारतीय टिममा नपरेपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् ।
यसै प्रसंगमा युवराजको बलिवुड अभिनेत्रीहरुसँगको प्रेम प्रसंगहरुको बारेमा यस रिपोर्टमा चर्चा गरिएको छ ।
तीन बर्षिय पहिला ब्रिटिश-मोरिसस मोडल तथा अभिनेत्री हजेल कीचसँग विवाह गरेका युवराजको त्यसअघि कैयौ अभिनेत्रीहरुसँग अफ्येर्स रहेको चर्चा मिडियामा हुने गरेको थियो ।
फिल्म मोहब्ब्तेबाट चर्चामा आएकी अभिनेत्री किम शर्मासँग युवराजको अफ्येर्स लामो समयसम्म भएको थियो । करीब ४ बर्ष चलेको उनीहरुको अफ्येर्स सन् २००७ मा टुंगिएको थियो । उनीहरुको ब्रेकअपमा युवराजकी आमाको भूमिका रहेको बताइन्छ ।
२००७ मा नै टी-२० विश्वकप जितेको भारतले सो विश्वकपमा युवराजले एकै ओभरमा हानेको ६ छक्काले उनको चर्चा निकै भैरहेको थियो । यसै क्रममा युवराजको नजदिकी अभिनेत्री दीपिका पादुकोनेसँग हुन् पुग्यो । दीपिका युवराजको खेल हेर्न स्टेडियमसम्म पुग्ने गरेकी थिइन् । तर उनीहरुको सम्बन्ध लामो समय चलन सकेन । त्यसपछि दीपिका रणबीर कपुरसँगको अफ्येर्समा परेकी थिइन् ।
दीपिकासँगको अफ्येर्स सकिएपछि युवराज अर्की अभिनेत्री प्रिती जिन्टाको नजिक भएका थिए । यसको कारण थियो आइपिएल । आइपिएलमा प्रितीको क्लब किंग्स इलेभेन पंजावबाट खेल्ने युवराज सो समयमा प्रितीको नजिक आएका थिए । उनीहरुले आफ्नो सम्बन्धलाई दोस्ती मात्र भने पनि उनीहरुको मैदान बाहिरको चर्चा अफ्येर्सको भइनैरह्यो ।
त्यसपछि युवराजको नाम अभिनेत्री रिया सेनसँग पनि जोडियो ।तर दुवैले आफुहरुको सम्बन्ध बारे सार्वजनिक रुपमा भने केहि नभने पनि मिडियामा यस बारे रिपोर्ट प्रकासित भइनै रहे ।
त्यसपछि युवराजको सम्बन्ध अभिनेत्री मानिषा लाम्बा, सुपर मोडल आंचल कुमारसँग पनि जोडिएको थियो ।