• २०८१ बैशाख ७ शुक्रबार

वेस्टइन्डिज र दक्षिण अफ्रीकाबीचको खेल बर्षाले रद्ध 

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रीका र वेस्टइन्डिजबीचको खेल बर्षाका कारण रद्ध भएको छ ।

सोमबारको खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै ७.३ ओभरमा २ विकेट गुमाउदै २९ रन बनाएपछि पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि फेरी खेल सुरु हुन् सकेन र खेल रद्ध हुदा दुवै टिमले एक एक अंक बाड्न पुगे ।

जारी विश्वकपमा बर्षाका कारण रद्ध हुन् पुगेको यो दोस्रो खेल हो । यस अघि श्रीलंका र पाकिस्तानबीचको खेल पनि बर्षाका कारण रद्ध हुदा दुवै टिमले अंक बाडेका थिए ।

अंक बाडेपछि अब वेस्टइन्डिजको  खेलमा एक जित एक हार  र एक बराबरीसहित ३ अंक भएको छ भने रन रेटका आधारमा पाँचौ स्थानमा रहेको छ भने दक्षिण अफ्रीका ४ खेलमा तीन हार र एक बराबरीपछि केबल एक अंक सहित नवौ स्थानमा रहेको छ ।

अहिलेसम्मको अंक तालिकाअनुसार न्युजील्याण्डले अहिलेसम्मका तिनै खेल जितेर ६ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ भने इङल्याण्ड ३ खेलमा २ जित र एक हारसहित ४ अंक बटुलेर रनरेटका अधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारत २ खेलमा दुवै खेल जितेर ४ अंकसहित तेस्रो र अस्ट्रेलिया ३ खेलमा २ जित र एक हारसहित ४ अंक बटुलेर चौथो स्थानमा रहेको छ ।

अहिलेसम्म अफगानिस्तान र दक्षिण अफ्रीकाले खेलका तिनै खेलमा हार बेहोरेका छन् भने पाकिस्तान, श्रीलंका र बंगलादेशले एक एक खेलमा जित हासिल गरेका छन् ।

विश्वकप अन्तर्गत आज बंगलादेश र श्रीलंकाविरुद्ध खेल हुदै छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै