• २०८१ बैशाख ७ शुक्रबार

मोहमद शाहजादको पिडा-‘म फिट हुदाहुदै पनि विश्वकप खेल्न दिइएन’

kharibot

काठमाडौँ । जारी विश्वकप क्रिकेटबाट इन्जुरिका कारण बाहिरिए भनिएका अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहमद शाहजादले अफगानिस्तान क्रिकेट बोर्डलाई गम्भीर आरोप लगाएका छन् ।

शाहजादले बोर्डले विश्वकपका लागि खेलाडी छनौटमा भेदभाव गरेको आरोप लगाएका छन् । शाहजाद पाकिस्तानविरुद्धको विश्वकप अघिको वार्म अप खेलका क्रममा चोट लागेको थियो । चोटका बाबजुत पनि शाहजादले अस्ट्रेलिया र श्रीलंकाको विरुद्ध खेलेका थिए । तर चोट गम्भीर भएकाले शाहजाद विश्वकपबाट बाहिरिएका थिए ।

तर शाहजादले अफगानिस्तान फर्केपछि मिडियासँग कुराकानीका क्रममा रुदै आफ्नो फिटनेसमा कुनै समस्या नभएको खुलासा गर्दै आफ्नो इन्जुरी नहुदा पनि विश्वकपबाट बाहिर गरेको आरोप लगाएका छन् ।

साथै शाहजादले मलाई जानकारी नदिई आफु बाहिर भएको विषय मिडियाबाट थाहा पाएको समेत बताए । उनले आफ्नो घुँडाको समस्या पुरानो भएको तर पाकिस्तानविरुद्धको अभ्यास खेलमा सो चोट बढेपछि रिटायर्ड हर्ट भएको बताउदै त्यसपछि भने आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको समेत बताए । डाक्टरले समेत २-३ दिनको आरामपछि आफु खेल्न सक्ने भनेको समेत बताए ।

त्यस्तै शाहजादले भने, ‘मसँग कसैको समस्या छ भने मलाई भने हुन्छ । यदि उनीहरु मलाई खेलेको देख्न चाहन्नन् भने क्रिकेटबाट बिदा लिन्छु ।’

तर अफगानिस्तान क्रिकेटका प्रमुख कार्यकारी असदुल्लाह खानले भने शाहजादको ड्रप स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । क्रिकइन्फोसँग कुरा गर्दै असदुल्लाहले मेडिकल रिपोर्ट आइसीसीलाई दिएर नै उनको रिप्लेस्मेन्ट भएको बताउदै शाहजाद जस्तो विस्फोटक खेलाडीलाई कुनै टिमले गुमाउन नचाहने बताए ।

शाहजाद घाइते भएको भन्दै अफगानिस्तान क्रिकेट बोर्डले इक्राम अलिखिललाई विश्वकप खेल्न बोलाएको थियो ।  

शाहजादले अफगानिस्तानका तर्फबाट एकदिवसीय क्रिकेट खेलमा उच्च रन बनाउने खेलाडी हुन् । उनले ८४ खेलमा ३३.६६ को औसतले २७२७ रन बनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै