• २०८१ बैशाख १२ बुधबार

युरोकप छनौट : स्विडेनमाथि स्पेनको सहज जित 

kharibot

काठमाडौँ । युरोकप छनौटमा स्पेनले लगातार अर्को जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा स्पेनले स्विडेनलाई ३-० गोल अन्तरले पराजित गर्दै अहिलेसम्म लगातार ४ खेलमा जित हासिल गरेको छ ।

स्पेनको जितमा सर्जियो रामोस र अल्भारो मोराटाले पेनाल्टीबाट गोल गरेका थिए भने अर्को गोल मिकेल ओयारजाबालले गरेका थिए ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा स्पेनले तिनै ग्ल दोस्रो हाफमा गरेको थियो ।

जितसँगै स्पेन युरोकप छनौटको समुह एफमा चार खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा रहेको छ भने स्विडेन ४ खेलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

युरो कप छनौटका स्पेन र स्विडेनक अन्य खेल आगामी सेप्टेम्बरमा हुने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै