• २०८१ बैशाख ७ शुक्रबार

यातायातमन्त्री महासेठको खोलामा डुब्यो, मन्त्री सकुशल

kharibot

स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुनचौपारी गाउँपालिका–३ घट्टेको रह दरौँ खोलामा सोमबार दुर्घटनामा परको छ । मन्त्री महासेठ भने सकुशल रहेका छन् । 

अर्जुनचौपारी गाउँपालिकास्थित शहरे खोला पुलको शिलान्यास गरेर फर्कने क्रममा मन्त्री महासेठ सवार बा२झ ४०२९ नं को गाडी चिप्लिएर खोलामा आधा डुबेको थियो ।

गाडीबाट सुरक्षाकर्मीको सहायतामा मन्त्री महासेठलाई सकुशल बाहिर निकालिएको थियो । गाडीलाई क्रेनको सहायताले बाहिर निकालिएको प्रहरी नायब उपरीक्षक नविकृष्ण भण्डारीले जानकारी दिए ।

खोलामा पानीको मात्रा बढी भएका कारण मन्त्री सवार गाडी आधा डुबेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै