• २०८१ बैशाख ७ शुक्रबार

सिन्धुपाल्चोकमा फैलिएको झाडापखाला विशाक्त खानाका कारण

kharibot

मेलम्ची । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका विन्जेलमा फैलिएको झाडापखाला विशाक्त खानाका कारणबाट भएको जिल्ला स्वास्थ्य प्रमुख पोमावती थापाले बताएकी छन् । 

झाडापखाला फैलिएको ठाउँमा पुगेको स्वास्थ्यकर्मीको टोलीले विशाक्त खानाका कारण झाडापखाला भएको पुष्टि गरेको उनले बताईन ।

बिहेमा भोज खाँदा गाउँका १३५ लाई झाडापखाला भएको उनले बताईन । शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलका छोरीको विवाह थियो । त्यही बिहे भोज खाएपछि महामारी देखा परेको थियो । उनीहरुमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

३२ जना भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएका छन् । अन्य बिरामीलाई गाउँमै स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै