बृहस्पति पृथ्वीको अत्यन्त नजीक, बाइनोकुलरले स्पष्ट देख्न सकिन्छ यसका उपग्रह

खरीबोट

काठमाडौं । राति बाहिर जानुहोस् । ताराहरुमध्ये चम्किलो र केही ठूलो तारालाई हेर्नुहोस् । त्यो बृहस्पति हो । यो महिना विशाल ग्यासीय पिण्ड बृहस्पति पृथ्वीको अत्यन्त नजीक आएको छ । नासाले अन्तरिक्षप्रेमीहरुलाई पृथ्वीको अत्यन्त नजीक आएको विशाल ग्यासीय पिण्ड बृहस्पति र त्यसका उपग्रहलाई हेर्न आग्रह गरेको छ ।

यसलाई नांगो आँखाले स्पष्ट हेर्न सकिन्छ । जुन १० मा पृथ्वी बृहस्पति र सूर्यको ठीक बीचमा पुगेको नासाले बताएको छ । अर्थात् बृहस्पति पृथ्वीको अत्यन्त नजीक आएको छ । यसलाई राति धेरै बेरसम्म आँखाले स्पष्टसँग देख्न सकिन्छ । यस्तो दृश्य देख्ने अवसर करीब जुनभरि पाइने बताइएको छ ।

सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रह यो समयमा नांगो आँखाले नै निकै स्पष्ट देख्न सकिन्छ । बाइनोकुलर र साना टेलिस्कोपको सहायताले यसलाई अझै स्पष्ट देख्न सकिन्छ । बृहस्पतिका चार ठूला उपग्रह पनि यस समय स्पष्ट देख्न सकिने नासाले उल्लेख गरेको छ । त्यस्तै, ग्रहलाई गोलाकारमा घेरिरहेको बादलका केही संकेत पनि देख्न सकिने नासाको भनाइ छ ।

यदि प्रकाशको प्रदूषण कम भएको स्थानमा रहने हो भने यो महिना बृहस्पतिका उपग्रहहरुलाई बाइनोकुलरको सहायताले अन्य समयको भन्दा स्पष्ट देख्न सकिनेमा नासाले जोड दिएको छ ।

यदि बृहस्पतिको अवलोकन गर्दा मिस्टर ह्यांकेलाई देखियो भने हात हल्लाउन नभुल्न समेत आग्रह गरिएको छ । (नासाको अन्तरिक्षयान जुनोले गत जनवरीमा खिचेको तस्वीरमा बृहस्पतिमा बादलहरुको थुप्रोको आकृति एक धारावाहिक एनिमेटेड चलचित्र मिस्टर ह्यांकेका प्रमुख पात्र मिस्टर ह्यांकेजस्तै देखिएको थियो ।)  

सम्बन्धित समाचार

बृहस्पति पृथ्वीको अत्यन्त नजीक, बाइनोकुलरले स्पष्ट देख्न सकिन्छ यसका उपग्रह

काठमाडौं । राति बाहिर जानुहोस् । ताराहरुमध्ये चम्किलो र केही ठूलो तारालाई हेर्नुहोस् । त्यो बृहस्पति हो । यो महिना विशाल ग्यासीय पिण्ड बृहस्पति पृथ्वीको अत्यन्त नजीक आएको छ ।

नासाको जुनोले पत्ता लगायो बृहस्पतिको चुम्बकीय क्षेत्रको परिवर्तन

अमेरिका । नासाको मिसन जुनोले बृहस्पतिको चुम्बकीय क्षेत्रमा आएको परिवर्तनबारे पत्ता लगाएको छ । सन् २०११ मा पृथ्वीबाट छुटेको जुनोले ग्यासीय पिण्ड बृहस्पतिको सेकुलर भेरिएसन (समयको केही खास अन्तरालमा ग्रहको

बृहस्पति अस्त भए पनि चतुर्मासको व्रत उद्यापन गर्न हुने

काठमाडौँ । बृहस्पति अस्त भए पनि कार्तिक शुक्ल एकादशीका दिन तुलसी–दामोदरको विवाह, चतुर्मास व्रत उद्यापन, नवान्नप्राशन गर्नुहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बृहस्पति अस्तका बेला ठूलो एकादशीसमेत भनिने कार्तिक


z