चितवनमा औलोका बिरामी घट्दै

खरीबोट

चितवन । जिल्लामा औलो रोगका बिरामीको सङ्ख्या घट्दै गएको छ । पछिल्लो तीन वर्षमा क्रमशः सङ्ख्या घट्दै गएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षको माघ महीनासम्ममा नौ जनामा सङ्क्रमण देखिएको छ । चार हजार २८६ को परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । सङ्क्रमितमध्ये दुई जना स्थानीय रहेका छन् भने अन्य सात जना बाहिरी जिल्लाबाट आएको कार्यालयले जनाएको छ ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा शङ्कास्पद चार हजार २१ को रगतको नमूना परीक्षण गर्दा १५ जनामा औलो रोग देखिएको थियो । तीमध्ये एक स्थानीय र १४ जना बाहिरबाट आएका थिए । यस्तै आव २०७३÷०७४ मा जिल्लामा १६ जनामा औलो देखिएको थियो । त्यस वर्ष यहाँका दुई हजार २५० को रगतको नमूना परीक्षण गरिएको थियो ।

केसीका अनुसार कुनै एक क्षेत्रको व्यक्तिमा औलो देखिएको अवस्थामा त्यस वरिपरिका ५० घरमा सतर्कता अपनाइने गरेको छ । नेपाललाई सन् २०२५ सम्म औलो उन्मूलन गर्ने गरी कार्यक्रम चलिरहेको उल्लेख गर्दै केसीले सन् २०२२ सम्म नेपालमा औलोको स्थानीय सङ्क्रमणलाई शून्यमा झार्ने योजना रहेको छ । चितवनसहित देशभरि स्थानीयभन्दा आयातित सङ्क्रमित बढी देखिएको केसीले बताए ।

सम्बन्धित समाचार

१६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प

चितवन । सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत

चितवनमा बस दुर्घटनामा १२ जना घाइते

मुग्लिन । चितवनमा सवारी दुर्घटना हुँदा १२ जना  घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले

चितवनमा डेंगु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो

चितवन । जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो

खोला बढेपछि भरतपुर–ठोरी सडक अवरुद्ध

चितवन । सोमबर रातिदेखि परेको वर्षाका कारण अधिकांश खोलामा बाढी आएकाले  भरतपुर–माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार माडी नगरपालिका–९ मा रहेको बगई र घाँगर खोलामा  आएको बाढीले


z