• २०८१ बैशाख ११ मंगलबार

इटहरी उपमहानगरको बाल सद्भावना दूतमा बालगायक प्रितम 

kharibot

इटहरी । इटहरी उपमहानगरले चर्चित बाल गायक प्रितम आर्चायलाई बाल सद्भावना दूत घोषणा गरेको छ । आज एक कार्यक्रमका बीच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले बालसद्भावना दूत घोषणा गरिएको पत्र प्रदान गरिन् । प्रमुख प्रशासकीय अधिकृत केशव विमली र वडाध्यक्ष दीपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरे । 

कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिइन् । उनले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत बनाउने तयारी भइरहेको वताइन् ।

प्रमुख प्रशासकीय अधिकृत केशव विमलीले प्रितमको प्रगतिको कामना गरे । बालगायक प्रितम आर्चायले आफू यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पुर्याएको सर्पोट र मायाप्रति धन्यवाद दिए ।

यसअघि भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीले नेपाली झण्डा प्रदान र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर बिदाइ गरेका थिए । 

प्रितम आचार्य भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटी सो सारेगम लिटिल च्याम्समा तेस्रो भएर हिजो इटहरी फर्किएका हुन् । कार्यक्रममा प्रितमले देशले रगत मागे मलाई बलि चढाउ बोलको गीत गाएका थिए । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै