• २०८१ बैशाख ७ शुक्रबार

धवनको हातको औला फ्र्याक्चार, विश्वकप खेल्ने बारे अनिश्चित

kharibot

काठमाडौँ । जारी विश्वकप क्रिकेटमा भारतीय टिमलाई ठुलो झड्का लागेको छ ।

भारतीय टिमका ओपनर ब्याट्सम्यान शिखर धवनको हातको औला फ्र्याक्चार भएपछि तीन साताका लागि खेल्न नसक्ने भएका छन् ।

अस्ट्रेलियाविरुद्धको खेलमा ब्याटिंग गर्दा उनको औला भाँचिएको पाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् । अस्ट्रेलियाविरुद्ध ११७ रनको शतकीय पारी खेलेका धवन करिब तीन हप्ताका लागि बाहिर भएकाले उनको विश्वकप यात्रा लगभग सकिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अस्ट्रेलियाका बलर नाथन कुल्टर नाइलको बल धवनको हातमा लागेको थियो । धवनले १०९ बलमा ११७ रनको पारी खेल्दै भारतको ५० ओभरमा ३५२ रन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

अहिले धवनको विश्वकप खेल्न सक्ने नसक्ने बारे डाक्टरसँग अन्तिम सल्लाह भैरहेको र डाक्टरहरुको अन्तिम सल्लाहपछि मात्र उनी विश्वकपमा खेल्ने या नखेल्ने बारे टुंगो लाग्ने बताइएको छ ।  

अब शिखर धवनको ठाउमा विश्वकप खेल्ने खेलाडीमा रिषव पन्त, श्रेयस अय्यर र अम्बाती रायडुको नाम चर्चामा रहेको छ ।

जारी विश्वकपमा भारतले आफ्ना सुरुका दुवै खेल दक्षिण अफ्रिका र अस्ट्रेलियाविरुद्धका खेल जितेर उत्कृष्ट सुरुवात गरेको छ । भारतले अब १३ जुनमा न्युजील्याण्ड र १६ जुनमा पाकिस्तानविरुद्ध खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै