• २०८१ बैशाख ८ शनिबार

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

kharibot

काठमाडौं । साताको तेस्र्रो कारोबार दिन मंगलबार नेप्सेमा सामान्य अंकले सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । नेप्से आज शून्य दशमलव १७ अंकले बढेर १२ सय ७५ दशमलव ९९ विन्दुुमा चढ्दा सेन्सिटिभ पनि शून्य दशमलव चार अंकले बढेर दुुई सय ७२ दशमलव ८६ विन्दुुमा चढेको छ । 

एक सय ७४ कम्पनीहरुको सात हजार सात सय १४ वटा कारोबारमा १५ लाख नौ हजार आठ सय ८५ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदविक्री हुँदा कारोबार रकम ४८ करोड आठ लाख ७६ हजार नौ सय ८६ रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज १२ वटा समहको कारोबार भएकोमा छ वटा समूहको सूचक बढे पनि छ वटाको भनेको घटेको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक दुुई दशमलव ४६ अंकले बढेर ११ सय ४० दशमलव १९ विन्दुुमा चढ्दा विकास बैंक समूहको सूचक पनि तीन दशमलव १७ अंकले बढेर १६ सय छ दशमलव ४९ विन्दुुमा चढेको छ । 

यसैगरी, जलविद्युुत्, लघुुवित्त, टे«डिङ र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् । निर्जीवन बीमा समूहको सूचक भने आज ४८ दशमलव ३१ अंकले घटेर पाँच हजार चार सय ६४ दशमलव ३३ अंकमा पुुगेको छ भने जीवन बीमा समूहको सूचक एक दशमलव एक अंकले घटेर छ हजार दुुई सय ४० दशमलव ५० अंंकमा झरेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादमूलक र अन्य समूहका सूचक पनि घटेका छन् ।  

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको पाँचथर पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ५२ पैसाले बढेर एक सय ३८ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल हाइड्रो डेभलपर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ६१ पैसाले घटेर एक सय ४१ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको पहिलो सूचीमा परेको शिवम् सिमेन्टको प्रतिकित्ता छ सय ६७ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ७८ लाख २४ हजार पाँच सय २७ रुपैयाँको कारोबार किनबेच भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै