• २०८१ बैशाख १३ बिहीबार

बेपत्ता भारतीय वायुसेनाको जहाजको टुक्रा भेटियो

kharibot

फाइल तस्बीर

काठमाडौँ । भारतीय वायुसेनाको बेपत्ता एएन-३२ जहाजको केही टुक्रा फेला परेको छ ।

खोजीकार्यमा संलग्न भारतीय सेनाले अरुणाचल प्रदेशको लिपोबाट १६ किलोमिटर उत्तरमा विमानको भग्नवाशेष भेटिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

जहाज जुन ३ मा असमको जोरहाटबाट उडेको थियो । यस जहाजमा ८ चालक दलका सदस्यसहित १३ जना सवार थिए ।

यो जहाज भेटिएको स्थान सियाङ्ग जिल्लाको पयुममा रहेको छ । वायुसेनाले जहाजको भग्नवाशेष बेपत्ता एएन-३२ मालवहाक विमानकै हो भन्‍ने एकिन गर्न बाँकी रहेको जनाएको छ । करिब १२ हजार फुटको उचाईमा जहाजको भग्नवाशेष फेला परेको हो ।

विमानका भग्नावशेष भेटिएको ठाउ अरुणाचल प्रदेशको एएन-३२ उडान मार्गबाट करिब १५-२० मिटर उत्तर तिर रहेको भारतीय सेनालाई उदृत गर्दै एएनआईले जनाएको छ ।

खराब मौसमका बावजुद भारतीय वायुसेनाको मालवहाक विमान एएन-३२ को खोजी अभियान चलाइरहेको छ । गत बुधवार वायुसेनाले यस विमानको खोजीका लागि एसयु-३० जेट लडाकु विमान, सी १३० जे, एमआई १७ र एएलएच हेलिकप्टर लगाइएको छ ।

यस सम्बन्धी विस्तृत जानकारी केहि समयमा नै दिइने भारतीय सेनाले जानकारी दिएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै