• २०८१ बैशाख ७ शुक्रबार

रुस्लान अल्ट्रा प्रिमियम भोड्काले जित्यो अन्तर्राष्ट्रिय गुणस्तर अवार्ड 

kharibot

काठमाडौं । रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा आयोजित प्रतिष्ठित ५७औं मोन्डे सेलेक्सन अवार्डस्मा ‘स्प्रिट एन्ड लिक्वर’ वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ ।

स्वादपछिको अनुभव, प्याकेजिङ, सामन्जस्य, सुगन्ध र दृष्यताको स्वरुपका आधारमा पाँच विभिन्न मापदण्डमा सो अवार्ड बर्गिकरण गरिएको ।

मोन्डे सेलेक्सन विश्वभरिका प्रसिद्ध विशेषज्ञहरू, सेफहरू, वाइन विज्ञहरू (ओनोलोजिष्ट र सोम्मेलेयरहरू), मदिरा उत्पादन विज्ञ इन्जिनियर (ब्रुइङ इन्जिनियर) र मास्टर ब्लेन्डरहरूको सहभागितामा उत्पादनको भित्री गुणस्तरको अन्तर्राष्ट्रिय वैज्ञानिक र कानुनी दृष्टिकोणबाट आँकलनका लागि सन् १९६१ मा सुरु गरिएको हो ।

मोन्डे सेलेक्सन अवार्डले सम्मानभन्दा अधिक उपभोक्ताहरूका लागि गुणस्तर, अन्तर्राष्ट्रिय मान्यता र उत्पादनको आन्तरिक बाहिरी मान्यता नियन्त्रण तथा निर्विवाद बिक्री तर्कको प्रत्याभूति दिने विज्ञप्तिमा उल्लेख छ ।

रुस्लान अल्ट्रा प्रिमियम भोड्का गत मंसिरमा मात्र बजारमा ल्याइएको हो । “हामी सम्मान पाउँदा गौरवान्वित भएका छौं । यो हाम्रो नव–आविष्कार र सर्वोत्कृष्ट मदिराजन्य उत्पादनहरूको विशिष्टताको सम्मान हो,” जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने । 

ग्रुपका कार्यकारी निर्देशक सशीन जोशीले स्रोतबाट उत्तम कच्चापदार्थहरू ल्याएर उत्कृष्ट मदिराजन्य उत्पादनको ब्लेन्डिङ तयारी गर्नका लागि निकै समय लगाउनुका साथै धेरै मेहनत गर्ने गरेको बताए । यो अवार्ड गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू प्रतिको हाम्रो प्रतिबद्धता र नेपाली मदिराजन्य उत्पादनमा उत्कृष्टताको उदाहरण हो” उनले भने ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै