चीनको सञ्चित विदेशी मुद्रा ३१ खर्ब १ अर्ब अमेरिकी डलर

खरीबोट

बेइजिङ । चीनको विदेशी मुद्रा सञ्चयको कुल ३१ खर्र्ब अमेरिकी डलरभन्दा बढी पुगेको चीनको राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन ब्यूरोले जनाएको छ ।

ब्यूरोद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा भनिएको छ, “सन् २०१९को मेको अन्तसम्म चीनको विदेशी मुद्रा सञ्चय ३१ खर्ब १ अर्ब अमेरिकी डलर पुगेको छ ।

यो अप्रिल महिनाको अन्त्यसम्मको तुलनामा ६ अर्ब १० करोड अमेरिकी डलर अर्थात् ०.२ प्रतिशतको वृद्धि हो ।”

राष्ट्रिय विदेशी मुद्रा आरक्षण ब्यूरोका प्रवक्ता एवं प्रमुख अर्थशास्त्री वाङ छुन यिङले भन्नुभयो, “विनिमय दर रूपान्तरण र सम्पत्ति मूल्य परिवर्तन आदि कारणले विदेशी मुद्रा आरक्षित मात्रा अलि बढेको छ ।”

यस वर्ष चीनको समष्टिगत आर्थिक अवस्था स्थिर भएर राम्रो भएको वाङले बताए । चीनको विदेशी मुद्रा बजारमा आपूर्ति र माग आधारभूत रूपमा सन्तुलित भएको उनको दावी थियो । 

चीनमा पछिल्लो समय प्रमुख च्यानल (स्रोत) को अन्तर्राष्ट्रिय पूँजी प्रवाहको अवस्था स्थिर कायम भएको र विदेशी मुद्रा सञ्चयको मात्रा सामान्य वृद्धि भएको ब्यूरोको दावी छ ।
 

सम्बन्धित समाचार

चीनद्वारा कम्बोडियालाई बारुदी सुरुङ हटाउने उपकरण सहयोग

कम्बोडिया । सशस्त्र हिंसात्मक युद्धबाट गुज्रिएको कम्बोडियालाई चीनले सोमबार बारुदी सुरुङ हटाउने उपकरण, भ्यान र मोटरसाइकल समेतका उपकरण सहयोग गरेको छ । चीनले उपलब्ध गराएका सामग्रीहरुमा बारुदी सुरुङ पत्ता लगाउने डिटेक्टर,

फाइभ–जीका २५ सम्झौता चिनियाँ कम्पनीलाई

चीन । चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यावसायिक फाइभ–जी सम्झौता गरेको मंगलबार जनाएको छ । कम्पनीले फाइभ–जी सेवा प्रदान गर्न विश्वका ६० वटा मोबाइल सञ्चालन

चीन उत्तर कोरिया सम्बन्ध नयाँ युगमा : चिनियाँ राष्ट्रपति सि

चीन । चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् । उनले यी दुई देशबीचको सम्बन्धलाई थप नयाँ सम्बन्धका

काठमाडौँ–केरुङ रेलमार्ग : द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान

काठमाडौँ । काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका


z