विश्वकपमा खेल नहुने बन्यो रेकर्ड, बर्षाले आजको खेल पनि रद्ध

खरीबोट

काठमाडौँ । जारी विश्वकप क्रिकेटमा आज हुने बंगलादेश र श्रीलंकाबिचको खेल पनि रद्ध भएको छ ।

लगातार वर्षा भएपछि यो खेल पनि रद्ध भएको आइसीसीले जानकारी दिएको छ । यो सहित यस विश्वकपमा बर्षाका कारण खेल रद्ध भएको यो तेस्रो खेल हो ।

आजको खेल रद्ध भएपछि बंगलादेश र श्रीलंकाले एक एक अंक बाडेका छन् । यसअघि पाकिस्तान र श्रीलंकाबिचको खेल तथा सोमबार दक्षिण अफ्रीका र वेस्टइन्डिजबीचको खेल बर्षाले रद्ध हुदा सबै टिमले एक एक अंक बाडेका थिए ।
खेल रद्ध भएपछि यसको धेरै असर श्रीलंकालाई पर्ने देखिएको छ । श्रीलंकाका दुई खेल रद्ध भएका छन् ।

साथै विश्वकपको इतिहासमा बर्षाले धेरै खेल पनि यसै विश्वकपमा रद्ध भएका छन् । यस अघि सन् १९९२ र २००३ मा २-२ खेल रद्ध भएकोमा यस विश्वकपमा तीन खेल रद्ध भैसकेका छन् ।

यस खेलमा नाक बाडेपछि श्रीलंकाको ४ खेलमा एक जित एक हार र २ खेल रद्ध हुदा कुल ४ अंक हासिल गरेको छ भने अंक तालिकामा पाचौ स्थानमा रहेको छ । त्यस्तै बंगलादेशको भने ४ खेलमा ३ अंक भएको छ । बंगलादेशले अहिलेसम्मका ४ खेलमा एक जित २ हार र एक खेल रद्ध हुदा कुल ३ अंक हासिल गरेको हो ।

अंक तालिकामा न्युजील्याण्ड ६ अंकसहित शिर्ष स्थानमा छ भने इङल्याण्ड, बह्रत र अस्ट्रेलिया ४-४ अंकका साथ क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । त्यस्तै दक्षिण अफ्रीका र अफगानिस्तानले भने अहिलेसम्म खेलेका कुनै खेल जित्न सकेका छैनन् ।

                               
          
 

सम्बन्धित समाचार

भारतले पाकिस्तानलाई दियो ३३७ रनको लक्ष्य

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत भारतले पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनाएको छ । बर्षाले केहीबेर खेल

बर्षाले रोकियो भारत र पाकिस्तानको खेल

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत अहिले जारी भारत र पाकिस्तानबिचको खेल बर्षाले रोकिएको छ । टस हारेर पहिला बय्टिंग गरेको भारतले ४६.४ ओभरमा ४ विकेट गुमाएर ३०५ रन बनाउदा पानी

पाकिस्तानविरुद्ध रोहित शर्माको शतक

काठमाडौँ । जारी विश्वकपमा भारतका ओपनर रोहित शर्माले शतक प्रहार गरेका छन् । अहिले जारी पाकिस्तानविरुद्धको खेलमा रोहितले सत्का प्रहार गरेका हुन् । रोहितले ८६ बलमा ९ चौका र ३ छक्का

भारतविरुद्ध पाकिस्तानले टस जित्यो, पहिला बलिङ गर्दै

काठमाडौँ । जारी विश्वकपको सबैभन्दा प्रतिक्षित खेल भारत र पाकिस्तानबीच आज  भिडन्त हुदै छ । आज हुने खेलमा पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । भारत र पाकिस्तानलाई विश्व


z