• २०८१ बैशाख ५ बुधबार

विश्वकपमा खेल नहुने बन्यो रेकर्ड, बर्षाले आजको खेल पनि रद्ध

kharibot

काठमाडौँ । जारी विश्वकप क्रिकेटमा आज हुने बंगलादेश र श्रीलंकाबिचको खेल पनि रद्ध भएको छ ।

लगातार वर्षा भएपछि यो खेल पनि रद्ध भएको आइसीसीले जानकारी दिएको छ । यो सहित यस विश्वकपमा बर्षाका कारण खेल रद्ध भएको यो तेस्रो खेल हो ।

आजको खेल रद्ध भएपछि बंगलादेश र श्रीलंकाले एक एक अंक बाडेका छन् । यसअघि पाकिस्तान र श्रीलंकाबिचको खेल तथा सोमबार दक्षिण अफ्रीका र वेस्टइन्डिजबीचको खेल बर्षाले रद्ध हुदा सबै टिमले एक एक अंक बाडेका थिए ।
खेल रद्ध भएपछि यसको धेरै असर श्रीलंकालाई पर्ने देखिएको छ । श्रीलंकाका दुई खेल रद्ध भएका छन् ।

साथै विश्वकपको इतिहासमा बर्षाले धेरै खेल पनि यसै विश्वकपमा रद्ध भएका छन् । यस अघि सन् १९९२ र २००३ मा २-२ खेल रद्ध भएकोमा यस विश्वकपमा तीन खेल रद्ध भैसकेका छन् ।

यस खेलमा नाक बाडेपछि श्रीलंकाको ४ खेलमा एक जित एक हार र २ खेल रद्ध हुदा कुल ४ अंक हासिल गरेको छ भने अंक तालिकामा पाचौ स्थानमा रहेको छ । त्यस्तै बंगलादेशको भने ४ खेलमा ३ अंक भएको छ । बंगलादेशले अहिलेसम्मका ४ खेलमा एक जित २ हार र एक खेल रद्ध हुदा कुल ३ अंक हासिल गरेको हो ।

अंक तालिकामा न्युजील्याण्ड ६ अंकसहित शिर्ष स्थानमा छ भने इङल्याण्ड, बह्रत र अस्ट्रेलिया ४-४ अंकका साथ क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । त्यस्तै दक्षिण अफ्रीका र अफगानिस्तानले भने अहिलेसम्म खेलेका कुनै खेल जित्न सकेका छैनन् ।

                               
          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै