लगातारको इन्जुरी र विवादले नेइमारको मुल्य घट्यो !

खरीबोट

काठमाडौँ । लगातार विवाद र इन्जुरीको समस्याले ग्रसित ब्राजिलका फुटबलर नेइमारको मुल्यमा ८० मिलियन युरोले कमी आएको छ ।

खेलाडीको ब्राण्ड भ्यालुसम्बन्धि अध्ययन गर्ने संस्था सिआईइएस फुटबल अब्जरभाटोरीले जारी गरेको रिपोर्टमा नेइमारको मुल्य घटेको उल्लेख गरेको छ ।

पछिल्लो ६ महिनामा नेइमारले मैदान र मैदान बाहिर गरेका गतिबिधिका कारण उनको मुल्यमा कमि आएको सो रिपोर्टमा उल्लेख गरिएको छ ।

सन् २०१७ मा २२२ मिलियन युरोमा बार्सिलोनाबाट फ्रेन्च क्लब पिएसजी गएका नेइमारले उत्कृष्ट प्रदर्शन गर्न संघर्ष गर्दै आएका छन् । यस सिजनमा समेत उनी लिग वान र च्याम्पियन्स लिगमा समेत पुरा सिजन खेल्न सकेनन बहने पछिल्लो समय ब्राजिलको कोपा अमेरिका टिमबाट समेत बाहिरिएका छन् ।

यति मात्र होइन मैदान बाहिर उनको व्यबहारका कारण पनि उनी विवादमा पर्दै आएका छन् । लिग वान र च्याम्पियन्स लिगका खेलमा समेत प्रतिबन्धमा परेका नेइमार आफ्ना सहकर्मी किलीयन एम्बाप्पेसँगको विवाद समेत चर्चामा रहेको थियो ।

त्यस्तै पछिल्लो समय उनीमाथि ब्राजिलकी एक मोडललाई बलात्कार गरेको आरोप लागेपछि त उनको लोकप्रियता झन खस्किएको बताइएको छ । 

यी सबै प्रकरणपछि अहिले नेइमारको मुल्य १२० मिलियन युरोको आसपास रहेको सिआईइएस फुटबलले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

ब्राजिलको कोपा खेल्ने टिमबाट बाहिरिएका नेइमार अहिले आफूमाथि लागेको बलात्कारको आरोपविरुद्ध कानुनी लडाईमा रहेका छन् ।

यसका साथै पछिल्लो समय नेइमारले पिएसजी यसै सिजनमा छोड्ने र बार्सिलोना जाने सम्भावन बढेको मिडिया रिपोर्ट समेत सार्वजनिक भएको छ । नेइमार बार्सिलोना जान सक्ने भएकै कारण एन्टोनी ग्रीजम्यानका विषयमा अहिले कुनै कुराकानी नभएको समेत मिडिया रिपोर्टमा उल्लेख छ ।

पिएसजीमा दुई सिजन खेलेका नेइमारले कुल ५८ खेल खेल्दै ५१ गोल गरेका छन् । जसमा पहिलो सिजनमा ३० खेल खेल्दै २८ गोल गरेका थिए भने यस सिजनमा २८ खेल खेल्दै २३ गोल गरेका छन् ।    
 

सम्बन्धित समाचार

स्टेगेनले पेनाल्टी बचाउदै बार्सिलोनालाई हारबाट बचाए

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत समुह एफको खेलमा बार्सिलोना र डोर्टमण्ड गोल रहित बराबरी खेलेका छन् । बार्सिलोनाका गोल किपर टेर स्टेगेनले पेनाल्टी बचाउ गर्दै बार्सिलोनालाई हारबाट बचाएका छन् । गएराती

च्याम्पियन्स लिगमा नेइमारको प्रतिबन्ध घट्यो 

काठमाडौँ । पिएसजीका ब्राजिलियन स्टार खेलाडी नेइमारको च्याम्पियन्स लिगको प्रतिबन्ध घटेको छ । गत सिजनको खेलमा खेल अधिकारीलाई सामाजिक संजालमा आलोचना गरेका कारण तीन खेलको प्रतिबन्ध लागेका नेइमारलाई कोर्ट अफ आर्बिट्रेसन

निर्णायक गोल गर्दै नेइमारले पिएसजीलाई जिताए

काठमाडौं । फेन्च लिग वानमा नेइमारले निर्णायक गोल गर्दै पिएसजीलाई जिताएका छन् । क्लब छोड्ने अनेकौ विवादका बीच पिएसजीमै रहेका नेइमारले गएराती स्ट्रासबर्गविरुद्धको खेलबाट पिएसजीका लागि सिजन डेभ्यु गर्दै निर्णायक गोल

भलेन्सियामाथि बार्सिलोनाको जित, १६ बर्षिय फातीको उत्कृष्ट प्रदर्शन

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियामाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि लुइस स्वरेजले २ गोल


z