• २०८१ बैशाख ८ शनिबार

एम्बाप्पेको क्यारियर सयौ गोलमा फ्रान्सको जित

kharibot

काठमाडौँ । युरोकप छनौट अन्तर्गत फ्रान्सले एन्डोरालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले एन्डोरालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

यस अघि टर्कीसँग अप्रत्याशित हार बेहोरेको फ्रान्सले लयमा फर्किदै फर्किलो जित हासिल गरेको हो ।

फ्रान्सको जितमा किलियन एम्बाप्पे, बेन एडडर, फ्लोरियन थाउभीन र कर्ट जोउमाले एक एक गोल गरेका थिए ।

एम्बाप्पेले यस खेलमा गरेको गोल सँगै आफ्नो क्यारियरमा सयौ गोल समेत गरेका छन् । जसमा उनले क्लबका लागि ८७ गोल गरेका छन् भने राष्ट्रिय टिम फ्रान्सक लागि १३ गोल गरेका छन् । एम्बप्पेले १८० खेल खेल्दै सय गोल पुरा गरेका हुन् ।

यसै समुहमा अघिल्लो खेलमा फ्रान्सलाई पराजित गरेको टर्की भने आइसल्याण्डसँग २-१ गोल अन्तरले पराजित भएको छ । त्यस्तै समुह एचका अल्बानियाले मोल्ड़ोभालाई २-० ले पराजित गरेको छ ।

समुह एचका चार खेल पछि फ्रान्स ९ अंकसहित शिर्ष स्थानमा छ भने टर्की र आइसल्याण्ड पनि ९-९ अंकसहित नै दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै