• २०८१ बैशाख ७ शुक्रबार

ग्यारेथ बेल लगातार असफल, वेल्सको अर्को हार

kharibot

काठमाडौँ । युरोकप छनौट खेलमा वेल्सले लगातार दोस्रो हार बेहोरेको छ । गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा वेल्स हंगेरीसँग १-० गोल अन्तरले पराजित भएको हो ।

हंगेरीको जितमा मेट पटकाइले खेलको एक मात्र गोल गर्दै वेल्समाथि महत्वपूर्ण जित दिलाएका थिए ।

यसअघि क्रोसियासँग पराजित भएको ग्यारेथ बेलको टिम वेल्सको युरो छनौटमा यो लगातार दोस्रो हार हो । रियल म्याड्रिडमा आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न नसक्दा आलोचित बनेका बेल आफ्नो राष्ट्रिय टिम वेल्सका लागि पनि गोल गर्न असफल बनेका छन् ।

यो जी सँगै हंगेरी समुह इ मा ९ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ भने सोल्भाकिया र क्रोसिया ६-६ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । यो हारसहित वेल्स भने ३ खेलमा ३ अंकसहित चौथो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै