• २०८१ बैशाख ७ शुक्रबार

मेसी बने विश्वको धेरै कमाउने खेलाडी

kharibot

काठमाडौँ । लियोनेल मेसी विश्वको धेरै कमाई गर्ने खेलाडी बनेका छन् । मेसीले आफ्ना प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डो र नेइमारलाई पछि पार्दै पछिल्लो १२ महिनामा विश्वमा धेरै कमाई गर्ने खेलाडी बनेका हुन् ।

फोर्ब्स म्यागजिनले जारी गरेको सय धेरै कमाउने खेलाडीको सुचीमा मेसी शिर्ष स्थानमा पुगेका हुन् ।

मेसीले पछिल्लो १२ महिनामा १२७ मिलियन डलर कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ । त्यस्तै रोनाल्डोले १०९ मिलियन डलर कमाई गरेका छन् भने सोहि अवधिमा नेइमारले १०५ मिलियन डलर कमाई गरेका छन् ।

त्यस्तै गत बर्षका धेरै कमाई गर्ने बक्सर फ्लोयड मेवेदर यस सुचीबाट बाहिरिएका छन् । त्यस्तै सय जनाको सुचिमा टेनिस खेलाडी सेरेना विलियम्समा परेकी छन् । विलियम्सले २९.२ मिलियन डलर कमाई गरेको उल्लेख छ ।

त्यस्तै मेक्सिकन बक्सर कन्सेलो अल्भारेजले ९४ मिलियन कमाई गर्दै चौथो स्थानमा रहेका छन् । टेनिस खेलाडी रोजर फेडरर ९३.४ मिलियन डलर कमाई गर्दै पाँचौ स्थानमा रहेका छन् ।

टप तीनमा मेसी, रोनाल्डो र नेइमारपछि अर्का फुटबलर पाउल पोग्वा ३३ मिलियन डलर कमाई गर्दै ४४औ स्थानमा रहेका छन् भने बार्सिलोनाका पुर्व प्लेमेकर आन्द्रे इनेष्टा ३२.५ मिलियन डलर कमाई गर्दै ४६औ स्थानमा रहेका छन् । त्यस्तै किलियन एम्बाप्पे ३०.६ मिलियन कमाई गर्दै ५५औ स्थानमा छन् भने आर्सनलका मेसुट ओजिलले ३०.२ मिलियन डलर कमाई गर्दै ५७औ स्थानमा रहेका छन् ।

त्यस्तै चीनीयाँ लिग खेल्ने ब्राजिलका ओस्कार यस सुचिमा २९ मिलियन डलर कमाई गर्दै ६६औ स्थानमा रहेका छन् । त्यस्तै एन्टोनी ग्रीजम्यान र ग्यारेथ बेल २७.७ र २७.१ मिलियन डलर कमाई गर्दै क्रमश ७५ र ७९औ स्थानमा रहेका छन् ।

त्यस्तै च्याम्पियन्स लिग जितेको टिम लिभरपुलबाट भने मोहमद सलाहले २५.२ मिलियन डलर कमाई गर्दै ९८औ स्थानमा रहेका छन् ।

अमेरिकनम्यागजिन फोर्ब्सले गत जुन देखि यस जुन महिनासम्मको तलब, पुरस्कार रकम र बिभिन्न ब्राण्डको प्रचारबाट भएको कमाई उल्लेख गरेको जनाएको छ ।

यस सुचिमा रहेका सय जना खेलाडीहरु २५ देशका रहेको र उनीहरुले यस अवधिमा ४ बिलियन डलर कमाई गरेको फोर्ब्सले जनाएको छ । जुन अघिल्लो बर्षको तुलनामा ५ प्रतिशत वृद्धि भएको जनाएको छ ।

फोर्ब्सको यस सुचिको टप तीनमा पहिलो पटक फुटबलर परेको फोर्ब्सले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै