• २०८१ बैशाख ७ शुक्रबार

घाइते शिखर धवन भारतीय टिममा नै रहने, तुरुन्तै विकल्प नखोजिने !

kharibot

काठमाडौँ । जारी विश्वकप क्रिकेटमा भारतीय टिमका घाइते शिखर धवनको विकल्प तुरुन्तै नखोजिने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले धवनको विकल्प अहिले तुरुन्तै नखोजिने बताउदै धवन अहिले डाक्टरको निगरानी टिममा मै रहने स्पष्ट पारेको छ ।  

भारतीय टिमका ओपनर ब्याट्सम्यान शिखर धवनको हातको औला फ्र्याक्चार भएपछि तीन साताका लागि खेल्न नसक्ने भएका हुन् ।

अब भारतले अब १३ जुनमा न्युजील्याण्ड र १६ जुनमा पाकिस्तानविरुद्धको खेल पछि मात्र धवन बारे निर्णय लिइने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

अस्ट्रेलियाविरुद्धको खेलमा ब्याटिंग गर्दा उनको औला भाँचिएको पाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् । अस्ट्रेलियाविरुद्ध ११७ रनको शतकीय पारी खेल्दा अस्ट्रेलियाका बलर नाथन कुल्टर नाइलको बल धवनको हातमा लागेको थियो । 

धवनले १०९ बलमा ११७ रनको पारी खेल्दै भारतको ५० ओभरमा ३५२ रन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

यसैबीच शिखर धवनको ठाउमा विश्वकप खेल्ने खेलाडीमा रिषव पन्तको नाम अगाडी आए पनि अहिले बोर्डले धवन टिममा नै रहने बताए पछि पन्तको सम्भावना केहि समयका लागि सकिएको छ । त्यस्तै धवनको विकल्पमा पन्त पछि श्रेयस अय्यर र अम्बाती रायडुको नाम पनि चर्चामा रहेको छ ।

जारी विश्वकपमा भारतले आफ्ना सुरुका दुवै खेल दक्षिण अफ्रिका र अस्ट्रेलियाविरुद्धका खेल जितेर उत्कृष्ट सुरुवात गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै