• २०८१ बैशाख ७ शुक्रबार

साहोमा एक्सन अवतारमा श्रद्धा !

kharibot

मुम्बई । बाहुबली फेम प्रभास र श्रद्धा कपुरको नयाँ फिल्म साहोको पछिल्लो पोस्टर अहिले चर्चामा रहेको छ ।

केहिसमय अघि प्रभासको पोष्टर सार्वजनिक भएकोमा अहिले श्रद्धाले एक्लै पेस्तोल समातेको पोस्टर सार्वजनिक भएपछि फिल्ममा प्रभास र श्रद्धाको रोमान्सका साथै एक्सन पनि रहेको अनुमान गरिएको छ ।

आगामी अगष्ट १५ मा रिलिज हुने साहो हिन्दी भाषासहित तमिल र तेलेगुमा पनि बनेको छ भने फिल्मलाई सुजिथले निर्देशन गर्दैछन् ।

यस फिल्मको पहिलो टिजर यहि जुन १३ अर्थात विहिबार आउदै छ ।

यस बर्षको सर्वाधिक प्रतिक्षित फिल्म मध्येको एक साहोमा रोमान्स र एक्सनको थ्रिलर रहेको बताइएको छ । भारतका अलावा आबुधाबी र रोमानियामा पनि सुटिंग गरिएको छ । फिल्ममा शंकर एहसान लोयले संगीत दिएका छन् ।

फिल्मको लागत साढे २ सय करोड रहेको छ भने फिल्मलाई टी-सिरिज, धर्मा प्रोडक्सनले निर्माण गरेका हुन् ।

प्रभासको बाहुबलीको दुई सिरिजपछि पहिलो फिल्म भएकाले यो फिल्मको राम्रो हाइप रहेको फिल्म विश्लेषकहरुले बताएका छन् ।

फिल्ममा प्रभास र श्रद्धाका अलावा निल नितिन मुकेश, जैकी श्राफ, चंकी पाण्डे, महेश मंजेरकर, अरुण विजयलगायतका कलाकारको अभिनय रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै