कपिलदेव बारेको फिल्म '८३' मा रणवीरको अपोजिट दीपिका 

खरीबोट

मुम्बई । रियल जोडी रणवीर सिंह र दीपिका पादुकोणले नयाँ फिल्ममा श्रीमान श्रीमतीको भूमिकामा देखिने निश्चित भएको छ ।

भारतको पहिलो क्रिकेट वर्ल्ड कपको जित बारे कपिलदेवको जीवनीमा बन्न लागेको फिल्म ८३ मा दीपिका आफ्ना पति रणबीर सिंहको अपोजिटमा देखिने भएको फिल्म निर्माण पक्षले आधिकारिक रुपमा जानकारी दिएको छ ।

फिल्म ‘८३’ मा रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निभाउँदैछन् र दीपिका पादुकोण यस फिल्ममा कपिलको श्रीमतीको भूमिकामा देखिने भएकी हुन् ।

फिल्ममा दीपिकाको कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिका निभाउँदैछिन् । फिल्मको कहानीमा एक सिन यो पनि छ, जब भारतको विकेट गिर्न लाग्छ तब उनी स्टेडियमबाट निक्लिएर जान्छिन् । जब उनी फर्किन्छिन् तब भारतले खेल जित्न थाल्छ ।
फिल्मलाई चर्चित निर्देशक कबिर खानले निर्देशन गरेका छन् भने फिल्म अर्को बर्ष अप्रिल १० मा रिलिज हुदै छ ।  

यस अघि रामलीला, पद्मावत र बाजीराव मस्तानीमा एकसाथ काम गरेका रणवीर र दीपिका सन् २०१३ मा रिलिज भएको फिल्म रामलीलाबाट प्रेममा परेका थिए ।

गत वर्ष लगनगाँठो कसेका उनीहरु दुवैले सँगै अभिनय गरेका तीन फिल्मको भने गजब संयोग रहेको छ । तिनै फिल्ममा उनीहरुको मृत्यु भएको देखाइएको थियो ।
 

सम्बन्धित समाचार

आलियाकी साथी आकांक्षासँगको अफ्येर्समा क्रिकेटर केएल राहुल

काठमाडौँ । भारतीय क्रिकेटर केएल राहुल खेलका कारण भन्दा अहिले अफ्येर्सका कारण बढी चर्चामा रहेका छन् । केहि समय अघि बलिवुड अभिनेत्री आतिया शेट्टीसँगको अफ्येर्सको चर्चापछि अहिले बलिवुडमा डेभ्युको तयारी गरिरहेकी

रणवीर कपुर र राजा मौलीसँग भिड्दै कार्तिक आर्यन !

मुम्बई । बलिवुडमा पछिल्लो समयका सफल अभिनेता कार्तिक आर्यन एक पछि अर्को ठुलो बजेको फिल्म साइन गरिरहेका छन् । सन् २०११ मा प्यारका पंचानामाबाट बलिवुडमा डेभ्यु गरेका कार्तिकले पछिल्लो समय

अक्षयको मिशन मंगल सय करोड तिर, तीन दिनमा यस्तो छ कलेक्सन

मुम्बई । बलिवुडमा सार्वजनिक बिदाको दिन अगष्ट १५ मा रिलिज भएको अक्षयकुमार को फिल्म मिशन मंगलले पहिलो तीन  दिनमा रेकर्ड कलेक्सन गरेको छ । विहिबार रिलिज भएको फिल्मले तीन दिनमा ७०

साहोका लागि प्रभासले लिए सय करोड !

मुम्बई । अहिले बाहुबली फेम स्टार प्रभासको चर्चा बढिरहेको छ । बाहुबलीका दुई सिरिज पछि उनको पहिलो फिल्म साहो रिलिजको संघारमा रहेको छ । साहोको हालै सार्वजनिक गरिएको एक्सन प्याक ट्रेलरले


z