डडेल्धुरामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

खरीबोट

डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन् । 

आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।
बिहान ७ बजेतिर विद्यालय जानका लागि तयारी गरिरहेको बेला उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए । 

सङ्गीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन् । 

प्रहरी निरीक्षक पाण्डेयका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य तीन घाइते भएका छन् । घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन् । मीना मृतक सङ्गीताकी दिदी हुन् । घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।
 

सम्बन्धित समाचार

डडेल्धुरामा पनि भेटियो डेङ्गु

डडेल्धुरा । डडेल्धुरा पनि डेङ्गु रोगका एक जना बिरामी भेटिएका छन् । बझाङको बुङ्गल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरालाई परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ । उपचारका

डडेल्धुरामा जीप दुर्घटना, एकको मृत्यु

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलबाट जिल्ला सदरमुकाम आई रहेको म १ ज २१० नं को जीप आज बिहान दुर्घटना हुँदा अजयमेरु गाउँपालिकाकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको

डडेल्धुरा अस्पताल अनिश्चतकालीन बन्द

अमरगढी । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः जनप्रतिनिधिसहितको आक्रमणपछि अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।  पटक–पटक चिकित्सकमाथि आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डडेल्धुरा अस्पतालमा आकस्मिक

डडेल्धुरा अस्पतालका चिकित्सकमाथि फेरि आक्रमण

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको बताइएको छ । यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि


z