• २०८१ बैशाख ७ शुक्रबार

‘जाम्न माया जाम’ भन्दै साम्राज्ञी र पुष्प 

kharibot

काठमाडौँ । यहि भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मारुनी’ को डान्सिङ नम्बर सार्वजनिक भएको छ । ‘मनमगन’ गायक दिपक बज्रचार्यको स्वर रहेको गीतको भिडियोमा फिल्मकी लिड अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का फिचर्ड छन् । रिक्की शाक्यको शब्द रहेको गीतमा गायक बज्राचार्य स्वयंको संगीत छ । उनले एक दशकपछि फिल्मको गीत गाएका हुन् ।

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच ‘जाम्न माया जाम’ गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफीमा पुष्प र साम्राज्ञीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । 

‘मारुनी’ लाई लिएर उत्साहित रहेका पुष्प र साम्राज्ञीले पहिलो पटक फिल्ममा काम गरेका हुन् । उनीहरु एकअर्कासँग काम गर्न सहज भएको पनि बताउँछन् । यसमा अभिनेत्री रेविका गुरुङको पनि प्रमुख भूमिका छ । नारी संवेदनामाथि फिल्म बनाउने निर्देशक नवल नेपालले यस फिल्मलाई निर्देशन गरेका हुन् । यसअघि उनले फिल्म ‘मंगलम’ निर्देशन गरेका थिए ।

निर्देशक नेपाल भन्छन्, ‘हामीले दर्शकको मनछुने फिल्म बनाउने प्रयास गरेका छौं । राम्रा/नराम्रो दुबै प्रकारका प्रतिक्रिया सुन्न हामी तयार छौं । दर्शकलाई एउटा विश्वास चाहिँ के दिलाउन चाहन्छु भने फिल्मले निराश बनाउँदैन ।’ 

पुनम गौतमले निर्माण गरेको फिल्ममा सह-निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै