• २०८१ बैशाख ७ शुक्रबार

लागूऔषध कारोबारीलाई पक्राउ गर्नेक्रममा पोखरामा गोली चल्यो

kharibot

पोखरा । लागूऔषध कारोबारीलाई पक्राउ गर्नेक्रममा प्रहरीले पोखरामा गोली चलाएको छ ।

बुधबार बिहान साढे ११ बजेतिर ती कारोबारीको खुट्टामा गोली लागेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उत्तम चोकको एउटा रेस्टुरेन्टमा रहेका ती कारोबारीको प्रहारबाट एकजना प्रहरी पनि घाइते भएका छन् । उनको पार्कल्यान्ड अस्पताल अमरसिंह चोकमा उपचार भइरहेको छ । 

रेस्टुरेन्टमा लागूऔषध कारोबारी बसिरहेको थाहा पाएर प्रहरी पुगेको थियो । प्रहरी आएको देखेर ती कारोबारी चिपर्ट दाउराले प्रहरीमाथि प्रहार गरी भागेपछि प्रहरीले गोली चलाउँदा खुट्टामा गोली लागेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै