अल्जेरिया र पोर्चुगलबीच दश वर्षे ग्यास खरिद सम्झौता

खरीबोट

अल्जियर्स । अल्जेरिया र पोर्चुगलका दुई ग्यास उद्योगबीच आगामी दश वर्ष पोर्चुगललाई ग्यास बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा अल्जेरियाको सोनाट्राक र पोर्चुगलको गाल्पबीच मङ्गलबार हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरियाले आगामी १० वर्षसम्म पोर्चुगललाई वार्षिक २ अर्ब ५० करोड क्युबिक मिटर प्राकृतिक ग्यास बिक्री गर्नेछ ।

अल्जेरिया र पोर्चुलबीच सन् १९९४ मा साझेदारी सम्झौता भएको थियो । यो सम्झौता हरेक १० वर्षमा नवीकरण हुने गर्दछ । सम्झौतापछि जारी विज्ञप्तिमा पोर्चुगलका निम्ति अल्जेरिया नै सबैभन्दा ठूलो ग्यास आपूर्तिकर्ता मुलुक हुने जनाइएको छ ।

गत मे १६ मा सोनाट्राकले इटालीको विशाल ग्यास कम्पनी इएनआईलाई ग्यास आपूर्ति गर्नेसम्बन्धी दश वर्षे सम्झौता गरेको थियो ।

अल्जेरियाले वार्षिक करिब एक खर्ब ३० अर्ब क्युबिक मिटर ग्यास उत्पादन गर्दछ । उक्त ग्यासमध्ये करिब ५० अर्ब क्युबिक मिटर ग्यास विदेशमा निर्यात हुने गरेको छ ।

तेलको धनी मुलुक अल्जेरियाले युरोपेली मुलुकमा आवश्यक ग्यासमध्ये करिब १४ प्रतिशत हिस्सा ओगटेको छ ।

सम्बन्धित समाचार

अल्जेरिया र पोर्चुगलबीच दश वर्षे ग्यास खरिद सम्झौता

अल्जियर्स । अल्जेरिया र पोर्चुगलका दुई ग्यास उद्योगबीच आगामी दश वर्ष पोर्चुगललाई ग्यास बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा अल्जेरियाको सोनाट्राक र पोर्चुगलको गाल्पबीच मङ्गलबार हस्ताक्षर भएको हो

युइएफए नेसन्स कपको उपाधि पोर्चुगलले जित्यो

काठमाडौँ । पहिलो युइएफए नेसन्स कपको उपाधि पोर्चुगलले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पोर्चुगलले नेदरल्याण्डसलाई १-० गोल अन्तरले पराजित गर्दै नेसन्स कपको उपाधि जितेको हो । पोर्चुगलको जितमा गोन्कालो

पोर्चुगल नेसन्स लिगको फाइनलमा, रोनाल्डोको ह्याट्रिक 

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसहित पोर्चुगल नेसन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनल खेलमा पोर्चुगलले स्विटजरल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा रोनाल्डोले ह्याट्रिक गरेका हुन्

पोर्चुगलमा सडक दुर्घटनामा नेपालीको मृत्यु

पोर्चुगल । युरोपेली देश पोर्चुगल आएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ । पोर्चुगलको राजधानी लिस्बनबाट


z