• २०८१ बैशाख १२ बुधबार

अल्जेरिया र पोर्चुगलबीच दश वर्षे ग्यास खरिद सम्झौता

kharibot

अल्जियर्स । अल्जेरिया र पोर्चुगलका दुई ग्यास उद्योगबीच आगामी दश वर्ष पोर्चुगललाई ग्यास बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा अल्जेरियाको सोनाट्राक र पोर्चुगलको गाल्पबीच मङ्गलबार हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरियाले आगामी १० वर्षसम्म पोर्चुगललाई वार्षिक २ अर्ब ५० करोड क्युबिक मिटर प्राकृतिक ग्यास बिक्री गर्नेछ ।

अल्जेरिया र पोर्चुलबीच सन् १९९४ मा साझेदारी सम्झौता भएको थियो । यो सम्झौता हरेक १० वर्षमा नवीकरण हुने गर्दछ । सम्झौतापछि जारी विज्ञप्तिमा पोर्चुगलका निम्ति अल्जेरिया नै सबैभन्दा ठूलो ग्यास आपूर्तिकर्ता मुलुक हुने जनाइएको छ ।

गत मे १६ मा सोनाट्राकले इटालीको विशाल ग्यास कम्पनी इएनआईलाई ग्यास आपूर्ति गर्नेसम्बन्धी दश वर्षे सम्झौता गरेको थियो ।

अल्जेरियाले वार्षिक करिब एक खर्ब ३० अर्ब क्युबिक मिटर ग्यास उत्पादन गर्दछ । उक्त ग्यासमध्ये करिब ५० अर्ब क्युबिक मिटर ग्यास विदेशमा निर्यात हुने गरेको छ ।

तेलको धनी मुलुक अल्जेरियाले युरोपेली मुलुकमा आवश्यक ग्यासमध्ये करिब १४ प्रतिशत हिस्सा ओगटेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै