युगान्डामा इबोला देखियो

खरीबोट

कम्पाला (युगान्डा) । युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताएका छन् ।

छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा इबोलाको संक्रमण फेला परेको मन्त्री आसेङले बताए ।

कङ्गोमा इबोलाको संक्रमण व्यापक रुपमा फैलिएसँगै युगान्डामा सतर्कता अपनाइएको थियो ।

सन् २०१२ मा युगान्डामा इबोला र मारबर्ग भाइरस फैलिएको थियो । उक्त संक्रमणका कारण इबोलाबाट २० जना र मारबर्गबाट ९ जनाको ज्यान गएको थियो ।

इबोला ज्यादै संक्रामक रोग हो । इबोला भएका मानिसको शरीरले अर्को व्यक्तिलाई छोएमा अर्को इबोला संक्रमित हुन्छ । उच्च ज्वरो, झाडा र आँखा रातो हुनु यस रोगको लक्षण हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाको ज्वरोबाट मानिसको मृत्यु हुने दर ज्यादै बढी हुन्छ अर्थात् यस रोगबाट पीडित व्यक्तिको मृत्यु हुने सम्भावना ५० देखि ८९ प्रतिशत रहन्छ ।

सम्बन्धित समाचार

युगान्डामा तेल ट्याङ्कर विस्फोटमा परी बीसभन्दा बढीको मृत्यु

युगान्डा । पश्चिम उगान्डामा आइतबार तेलको ट्याङ्करमा आगलागी हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।  उगान्डाको पश्चिम भागमा पर्ने जिल्ला रुबुरिजी तेलको टयाङ्करमा आगलागी भएको प्रहरीलाई

युगान्डामा इबोला देखियो

कम्पाला (युगान्डा) । युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताएका छन् । छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा

युगान्डामा सामाजिक संजाल फेसबुक, ट्वीटर चलाए कर तिर्नुपर्ने ! 

काठमाडौँ । युगान्डाको संसदले सामाजिक संजालमा कर लगाउने कानुन पास गरेको छ । अब यो कानुन पास भएपछि फेसबुक, ट्वीटरलगायतका अन्य सामाजिक संजाल प्रयोग गर्नेहरुले युगान्डामा सरकारलाई कर तिर्नु पर्ने


z