• २०८१ बैशाख १३ बिहीबार

रिषव पन्त इङल्याण्ड जादै

kharibot

काठमाडौँ । भारतीय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान शिखर धवन घाइते भएपछि उनको ठाउँमा रिषव पन्त खेल्ने सम्भावना बढेको छ ।

भारतीय क्रिकेट बोर्डले पन्तलाई बुधबार नै इङल्याण्ड बोलाएको पिटीआईलाई उल्लेख गर्दै भारतीय मिडियाले बताएका छन् ।      

अस्ट्रेलियाविरुद्धको खेलमा घाइते भएका धवनको हातको औला फ्याक्चर भएका कारण धवनले जुन १३ मा न्युजील्याण्ड र जुन १६ मा पाकिस्तानविरुद्धका खेल गुमाएका छन् । औलाको फ्र्याक्चार ठिक हुने समय डाक्टरले दिनासाथ शिखर धवन विश्वकपमा खेल्ने नखेल्ने टुंगो लाग्ने बताइएको छ । पन्तलाई शिखर नखेल्ने भएमा तुरुन्तै टिममा समावेश गर्न सकियोस भनेर इङल्याण्ड बोलाएको बोर्डका अधिकारीले पिटीआईलाई बताएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

धवन घाइते हुनासाथ भारतीय पुर्वक्रिकेटर सुनिल गावस्कर, हरभजन सिंहहरुले पन्तलाई उनको ठाउमा बोलाउनु पर्ने विचार व्यक्त गरेका थिए ।    

बिहीबार न्यूजील्याण्डविरुद्धको खेलअघि रिषव इंग्ल्याण्ड पुगे पनि धवन प्रतियोगितबाट बाहिरिएको पूर्णरुपमा घोषणा नहुँदासम्म अन्तिम १५ मा भने हुने छैनन् । 

भारतीय टिममा अहिले अर्का ओपनर केएल राहुल रहेकाले तत्काल ओपनिङको समस्या भने भारतीय टिममा देखिएको छैन । न्युजील्याण्ड र पाकिस्तानविरुद्ध शिखर टिममै रहेकाले उनको ठाउमा विजय शंकरले खेल्ने सम्भावना रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै