सर्वोच्चले माग्यो सुनकोशीमा उत्खनन बन्द नहुनुको लिखित जवाफ

खरीबोट

काठमाडौँ । सर्वोच्च अदालतले सुनकोशी नदीबाट गैरकानूनी बालुवा, गिट्टी, ढुङ्गा उत्खनन कार्य बन्द नगर्नुको लिखित जवाफ माग गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले गत शुक्रबार गैरकानूनी रुपमा भएको उत्खनन कार्य बन्द नगर्नुको कारण आगामी असार ८ गते लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । अदालतले आगामी असार ८ गते सो विषयमा छलफलका लागि सम्बन्धित सबै पक्षलाई बोलाउने आदेश गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतलाई विपक्षी बनाई यही जेठ २३ गते अधिवक्ता पदमबहादुर श्रेष्ठ र चिरञ्जीवी भट्टराईले सो क्षेत्रमा उत्खनन कार्य बन्द गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा सुनकोशी नदीबाट बालुवा, गिट्टी, ढुङ्गा उत्खनन गर्ने सम्बन्धमा भएको कानूनी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन नगरेका कारण समग्र वातावरणमा नै प्रत्यक्ष असर पार्ने गरी भएका नदीजन्य पदार्थ उत्खनन कार्य रोक्न परमादेशको माग गरिएको थियो ।

कानूनमा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा कानूनको पालना नगरी यसको उपेक्षा गरिएको हँुदा नदीजन्य पदार्थको उत्खनन, व्यवस्थापन तथा बिक्री वितरणसम्बन्धी भएका कानूनको तत्काल कार्यान्वयन गर्न/गराउन माग गरिएको थियो । बाह्रबिसे नगरपालिकाको बजारदेखि दोलालघाटसम्म सुनकोशी नदीको दुवैतर्फको किनारामा र नदीको पीँधबाट कानून विपरीत बालुवा, गिट्टी, ढुङ्गाजस्ता पदार्थले नदीको बहाव तथा स्वरुप परिवर्तन भएको रिट निवेदनमा उल्लेख छ ।

रिट निवेदनमा नदीको दुवै किनारामा गैरकानूनी उत्खननका कारण ठूलाठूला पोखरी बनेको हुँदा सुनकोशी नदी कुरुप र अस्तित्व लोप हुनुका साथै मानव, वन्यजन्तु, जलचर, जलमार्ग, राजमार्ग, वन जङ्गल, पर्यटन व्यवसायीलाई दूरगामी वातावरणीय असर पुग्ने हुँदा कानूनी रुपमा संरक्षण जरुरी भएको भनिएको छ ।

सम्बन्धित समाचार

शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । बहुविवाहसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीसम्बन्धमा उच्च अदालत हुँदै सर्वोच्च पुगेकी शिल्पालाई तत्काल पक्राउ नगर्न

सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यानबाहेक अरुलाई धरौटीमा छाड्न अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ ।  न्यायाधीशद्वय अनिलकुमार

सङ्घीय सरकारविरुद्ध प्रदेश सरकार सर्वोच्चमा

काठमाडौँ । सङ्घीय सरकारले नेपालको संविधान विपरीत वन संरक्षण कम्पनी आफ्नो मातहातमा ल्याउन खोजेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  प्रदेश नं २ सरकारको उद्योग, पर्यटन, वन

भ्रष्टाचारको मुद्दामा लामालाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काको गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहकी अमिता लामा सोदेम्बालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ


z