नेप्सेमा तीन अंकको गिरावट

खरीबोट

काठमाडौं । नेप्से आज बुधबार पनि घटेको छ । आज नेप्से तीन दसमलव पाँच अंकले घटेर १२ सय ७२ दसमलव ४९ बिन्दुमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव पाँच अंकले घटेर दुई सय ७२ दसमलव ३६ बिन्दुमा झरेको छ ।

एक सय ७४ कम्पनीहरुको छ हजार सात सय ९२ वटा कारोवारमा १८ लाख ७१ हजार आठ सय नौ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५० करोड २६ लाख ८२ हजार आठ सय ८१ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा तीन वटा समुहले कमाएकाछन भने नौ वटा समुहको गुमाएकाछन । जसअनुसार बाँणिज्य बैक समुहको सुचक तीन दसमलव दुई अंकले घटेर ११ सय ३७ दसमलव १६ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक चार दसमलव ६४ अंकले घटेर १६ सय एक दसमलव ८५ बिन्दुमा झरेको छ ।

निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन । ट्रेडिङ समुहको सुचक भने आज ११ दसमलव सात अंकले बढेर दुई सय ६३ दसमलव ९० बिन्दुमा चढेको छ । यसैगरी होटल र अन्य समुहको सुचक पनि बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर चार सय ८४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल हाईड्रो डेभलपर कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँले घटेर एक सय ३१ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको ग्लोवल आईएमई बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय ७४ रुपैयाँ अन्तिम मुल्यमा सात करोड १२ लाख ६२ हजार दुई सय २२ रुपैयाँको सेयर कारोवार भएको छ ।  
 

सम्बन्धित समाचार

नेप्सेमा सात अंकको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले बढेर एक हजार २२२

नेप्से सुचक तथा कारोवार रकम दुबैमा गिरावट

काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नेप्से सुचक तथा कारोवार रकम दुबै घटेकाछन् । नेप्से आज नौ दसमलव दुई अंकले घटेर १२ सय १४ दसमलव ८३ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स

किन दयनीय बन्दैछन् जलविद्युत् कम्पनीका शेयर

काठमाडौँ । आमरुपमा शेयर बजारमा उच्च प्रतिफल कमाउनका लागि नै लगानी गर्ने गरिन्छ । तर, बजारमा कारोवार भएका केही कम्पनीको अवस्था हेर्ने हो भने अवस्था खराब रहेको देखिन्छ । प्रतिफल

साताको सेयर : नेप्से १२ सय २४ बिन्दुमा, एक अर्ब ७८ करोडको कारोबार 

काठमाडौ । यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) मा एक सय ७१ कम्पनीहरुको ५१ हजार चार सय १६ वटा कारोवार भएकाछन् । जसअनुसार ७५ लाख ४४ हजार १३ कित्ता सेयर


z