• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा तीन अंकको गिरावट

kharibot

काठमाडौं । नेप्से आज बुधबार पनि घटेको छ । आज नेप्से तीन दसमलव पाँच अंकले घटेर १२ सय ७२ दसमलव ४९ बिन्दुमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव पाँच अंकले घटेर दुई सय ७२ दसमलव ३६ बिन्दुमा झरेको छ ।

एक सय ७४ कम्पनीहरुको छ हजार सात सय ९२ वटा कारोवारमा १८ लाख ७१ हजार आठ सय नौ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५० करोड २६ लाख ८२ हजार आठ सय ८१ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा तीन वटा समुहले कमाएकाछन भने नौ वटा समुहको गुमाएकाछन । जसअनुसार बाँणिज्य बैक समुहको सुचक तीन दसमलव दुई अंकले घटेर ११ सय ३७ दसमलव १६ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक चार दसमलव ६४ अंकले घटेर १६ सय एक दसमलव ८५ बिन्दुमा झरेको छ ।

निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन । ट्रेडिङ समुहको सुचक भने आज ११ दसमलव सात अंकले बढेर दुई सय ६३ दसमलव ९० बिन्दुमा चढेको छ । यसैगरी होटल र अन्य समुहको सुचक पनि बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर चार सय ८४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल हाईड्रो डेभलपर कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँले घटेर एक सय ३१ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको ग्लोवल आईएमई बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय ७४ रुपैयाँ अन्तिम मुल्यमा सात करोड १२ लाख ६२ हजार दुई सय २२ रुपैयाँको सेयर कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै