अफगानिस्तानमा सेनाकै हवाई आक्रमणमा परी पाँच सैनिक मारिए

खरीबोट

कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा बुधबार आतङ्ककारीबिरुद्ध गरिएको हवाई आक्रमणका क्रममा भूलबस पाँच सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन् ।

जिल्लाका गभर्नर महबोउल्ला सायेदीले स्थानीय समयाअनुसार बुधबार बिहान २ बजे उक्त आक्रमण भएको जानकारी दिए । इमाम साहिब जिल्लाको क्युसलक क्षेत्रमा आतङ्ककारी लक्षित यस हवाई आक्रमणमा परी पाँच सैनिकको ज्यान जानुको साथै अन्य सात घाइते भएका थिए ।

उक्त हवाई आक्रमण अफगान हवाई सैनिक अथवा अमेरिकाआवद्ध संयुक्तबलले गरेको हो भन्ने प्रष्ट भएको छैन । तर आफ्नै सहकर्मीमाथि आक्रमण भएको यो पहिलो घटना भने होइन ।

अफगानिस्तानमा बारम्बार यस्ता आक्रमण भएको पाइन्छ । गत मे १७ मा हेल्मन्ड प्रान्तमा नाहर ए सराज जिल्लामा  अमेरिकाआवद्ध बलले तालिबान लडाकू लक्षित आक्रमणमा १७ प्रहरी मारिनुका साथै अन्य ११ जना घाइते भएका थिए ।

सम्बन्धित समाचार

उत्तरी अफगानिस्तानमा बम बिस्फोट, नौ जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त धरापमा एउटा मिनिबस परेको थियो

काबुलमा वैवाहिक समारोहमा बिस्फोट हुदा ६३ जनाको मृत्यु

कबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोटमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । बिस्फोटमा कम्तिमा १८० जना घाइते भएका छन् । बिबिसीका अनुसार एक वैवाहिक समारोहमा विस्फोट हुदा यति ठुलो

अफगानिस्तानमा हवाई कारबाहीमा तेह्र तालिबान लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको दक्षिण कान्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् । सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाईले बुधबार

अफगानिस्तानका मोहमद शाहजादलाई अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौँ । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहमद शाहजादलाई अफगानिस्तान क्रिकेट बोर्डले अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । अफगानिस्तानको क्रिकेट बोर्डले शनिबार शाहजादले बोर्डको खेलाडी आचारसंहिता उलंघन गरेको आरोप लगाउदै राष्ट्रिय टिमको कन्ट्रयाकबाट


z